Back To Top

July 28, 2025

नाईमा अटेा एक्सपेाकेा तयारी पुरा

Global Ime Bank AD
Insourance

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) द्वारा आयोजना हुन लागेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२५’ मा ८० हजार भन्दा बढी अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

नाइमाले आज पत्रकार सम्मेलन गर्दै एक्स्पोको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै उक्त संख्यामा अवलोकनकर्ता उपस्थित हुने अपेक्षा लिएको बताएको हो ।

कार्यक्रममा बोल्दै अटो एक्स्पो समिति प्रमुख शिरीषकुमार मुरारकाले भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने यो एक्स्पोमा नयाँ प्रविधिमा आधारित गाडीहरू सार्वजनिक हुने बताए । उनले विद्युतीय सवारी साधनदेखि नवीनतम मोबिलिटी समाधानहरू प्रदर्शनीमा राखिने बताउँदै प्रदर्शनीमा १५ वटा दुई पाङ्ग्रे, १५ वटा चार पाङ्ग्रे र ५ वटा कमर्सियल गाडीहरू सार्वजनिक हुने जानकारी दिए
United long banner ad
Prev Post

एमसीसी नेपाल कम्प्याक्टले निरन्तरता पाउने

Next Post

नागढुङ्गा सुरुङ मार्ग छिटेा संचालन गर्न निर्देशन

post-bars

Leave a Comment