Back To Top

August 8, 2024

तीन उद्योगले तिरे बिजुलीको बक्यौता

Global Ime Bank

काठमाडौं ।
डेडिकेटेड तथा ट्रंकलाइनको सुविधा लिएवापत तिर्नुपर्ने प्रिमियम महसुलको विषयमा नेपाल विद्युत प्राधिकरण र उद्योगीहरुबीच विवाद चलिरहेका बेला तीन उद्योगले भने बक्यौता तिरेका छन् ।
प्राधिकरणका अनुसार यसरी तिर्नेमा सोना प्याकेजिङ, सोना पोलिमर्स र यशोदा फुड्स छन् । बक्यौता भुक्तान गर्ने सोना प्याकेजिङले २ लाख ८४ हजार रुपैयाँ, सोना पोलिमर्सले २ लाख ७७ हजार रुपैयाँ र यशोदा फुड्सले ३ लाख ४० हजार रुपैयाँ बक्यौता तिरेका हुन् । यो बक्यौतामा २५ प्रतिशत थप जरिवाना समेत उद्योगहरुले तिरेका छन् ।
प्राधिकरणका अनुसार उनीहरुलाई विवादित तीन मध्ये दोस्रो अवधिको मात्र विल पठाइएको थियो । सोही अनुसार उनीहरुले २०७२ माघदेखि २०७५ बैशाखसम्मको बक्यौता क्लियर गरेका छन् ।
विवाद चलिरहेकै बेला तीन उद्योगले बक्यौता तिरे पनि अरु उद्योगीहरुले टाइम्स अफ डे मिटरिङ (टिओडी) मिटरको रेकर्ड नभएको भन्दै तिर्न अस्वीकार गर्दै आएका छन् ।
ेप्राधिकरणले मन्त्रिपरिषद्को निर्देशन भन्दै उद्योगीहरुलाई २०७२ माघदेखि २०७५ बैशाखसम्मको महसुल तिर्न आग्रहसहित पत्र लेखेको थियो । ६१ कम्पनीको गरी कुल ६ अर्ब ६) करोड रुपैयाँ बक्यौता छ । उद्योगीहरुले बक्यौता तिर्न नमानेपछि लाइन काट्न थालेको थियो । प्राधिकरणले लाइन काटेपछि विद्युत नियमन आयोगले लाइन जोड्न निर्देशन दियो । त्यसपछि प्राधिकरणले लाइन जोडेको छ । अहिले यो विवाद प्रतिनिधी सभा अन्तर्गतको लेखा समितिमा छ ।

Prev Post

एक वर्षमा १७ हजार दुई सय ९७ पर्यटक पुगे रारा

Next Post

गुल्मीमा भेटिए १३ प्रजातिका नयाँ चरा

post-bars

Leave a Comment