एसबीआई बैंक लुट्ने चार व्यक्ती पक्राउ
काठमाडौं ।
सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंकका कर्मचारी मंगलबार साँझ साढे ६:३० बजेको समयमा ६ जनाको समूह बैंकमा प्रवेश गर्यो । त्यो समूहले सुरुमै सुरक्षा गार्ड रुद्र कार्कीलाई प्रहार गर्यो । उनको हातमा ठूलो चोट लाग्यो । उनी घाइते भए । त्यसपछि उनीहरूको टार्गेटमा कर्मचारीहरू परे । त्यो समूहले बैंकमा रहेका कर्मचारीको हात बाँधे । कर्मचारीहरू प्रतिवाद गर्न नसक्ने अवस्थामा पुगे । लुटेराहरूले धमाधम बैंकको नगद बोरामा राखे ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी निरीक्षक (एसपी) लालध्वज सुवेदीका अनुसार सुरक्षा गार्ड र कर्मचारीमाथि कुटपिट गरेपछि लुटेराहरूले स्वतन्त्र रूपले बैंक लुट्न पाए । लुटेराहरूले बैंकमा भएको नगद बोरामा लगेर जंगलतर्फ लागेको उनले जानकारी दिए ।बैंकले भने ३ करोड बढी रुपैयाँ लुटपाट भएको जानकारी दिएको छ । सुवेदीका अनुसार लुटपाट लगत्तै इलाका प्रहरी कार्यालय, बस्तीपुरको टोली घटनास्थल पुगेको थियो । मंगलबार राति नै प्रहरी र स्थानीय मिलेर जंगल तथा आसपासका क्षेत्रमा लुटेराको खोजी गर्दा एक करोड ८० लाख रुपैयाँ नगद फेला परेको उनले जानकारी दिए ।
अहिले चार जना लुटेरा पनि पक्राउ भइसकेको सुवेदीले जानकारी दिए । उनीहरूलाई घ्याङलेख-१ सुकाचुरीबाट स्थानीयको सहयोगमा पक्राउ गरिएको उनले बताए ।