Back To Top

May 22, 2023

एमसीए नेपालका काम प्रति एमसीसी उपाध्यक्ष सन्तुष्ट

Global Ime Bank

काठमाडौ

आफ्ना अनुदानका कार्यक्रमको औपचारिक कार्यान्वयन हुने समयको पूर्व नेपाल आएका मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) यूरोप, एसिया प्रशान्त र ल्याटिन अमेरिकी मामिला हेर्ने सह-उपाध्यक्ष जोनाथन ब्रुक्सले सोमबार अर्थमन्त्री प्रकाशसरण महतसँग भेट गरेका छन् । नेपालका लागि अमेरिकी राजदूत डिन आए थम्सनलाई लिएर सिँहदरबार स्थित अर्थमन्त्रालय पुगेका ब्रुक्सले एमसीसी अनुदानका कार्यक्रम कार्यान्वयनबारे छलफल गरेको मन्त्रीको निजी सचिवालयले जनाएको छ ।

जोनाथन एमसिसिको एशिया, यूरोप, प्यासिफिक र लेटिन अमेरिकाका कार्यक्रम हेर्ने क्षेत्रीय उपाध्यक्ष हुन् ।  सडक मर्मत सुधार र विद्यूत प्रसारणलाईन निर्माणको लागि करिव ५५ अर्ब रुपैयाँ अनुदान दिएको एमसिसिले अवको तीन महिना अर्थात अगस्ट ९ देखि परियोजना कार्यान्वयनको अवधि गणना गर्न लागेको छ । कार्यान्वयनमा गएको मितिले ५ बर्षभित्र आयोजना सम्पन्न गरिसक्नु पर्ने सन्दर्भमा यसको पूर्वतयारीका अवस्थाको बारेमा जानकारी लिन एमसीसीका पदाधिकारी नेपाल भ्रमणमा आएका हुन् ।

भेटघाटका क्रममा बरुक्सले आयोजनाका लागि जग्गा प्राप्ति  खरिद प्रकृया जस्ता पूर्वतयारीका काममा भएको प्रगति प्रति सन्तोष व्यक्त गरेका थिए । त्यसैगरी, सम्झौता कार्यान्वयनमा जानुपूर्व सम्पन्न भै सक्नुपर्ने बाँकी कार्यका बारेमा पनि दुवै पक्षवीच विस्तृत छलफल भयो ।

सो अवसरमा, अर्थमन्त्री डा. महतले यो आयोजना पूर्वनिर्धारित समयावधिभित्रै सम्पन्न  गरी नेपालको आयोजना व्यवस्थापनमा उदाहरणीय बन्न सक्ने विश्वास व्यक्त गरे । साथै आयोजना चक्रमा आउने महत्वपूर्ण विषयहरुलाई कानूनको  प्रकृया पूरा गरी यथाशीघ्र टुंग्याउने प्रतिवद्धता उनले जनाए । मन्त्री महतले एमसिसि आयोजनाको सफलता अन्य आयोजनाका लागि पनि अनुकरणीय हुने विचार राखेका थिए । उपाध्यक्ष ब्रुक्सले केहिदिन पहिले उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेट गरेका थिए।

 

Prev Post

आगामी पाँच वर्ष लगानी वर्ष : सीएनआई

Next Post

बजेट २०८०/८१; ऊर्जामा अनकनाएको पाइला

post-bars

Leave a Comment