Back To Top

September 14, 2025

आन्देालनमा ज्यान गुमाउनेहरुलाई शहीद घोषणा

Global Ime Bank AD

काठमाडौं ।

जेनजी युवाको आन्दोलनका क्रममा ज्यान गुमाउनेहरुलाई सरकारले शहीद घोषणा गरेको छ । साथै, मृतकका प्रत्येक परिवारलाई १०–१० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको छ ।

आज पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेलगत्तै मन्त्रिपरिषद्बाट सो निर्णयमा हस्ताक्षर गरेकी हुन् ।

मुख्य सचिव एकनारायण अर्यालका अनुसार आन्दोलनमा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी गरी ७२ जनाको मृत्यु भएको छ । सो घटनामा १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।

सरकारको यो निर्णयसँगै मृतक परिवारलाई राहत उपलब्ध गराउने प्रक्रिया अघि बढाइने जनाइएको छ ।

Global Ime Bank
Prev Post

पर्यटन पुनः गतिशील: पर्यटन बोर्ड

Next Post

अघि बढ्न निजी क्षेत्रलाई राज्यले सहयोग गर्ने

post-bars

Leave a Comment