Back To Top

August 7, 2025

अमेरिकाले लगायो भारतमाथि ५० प्रतिशत ट्यारिफ

Global Ime Bank AD

एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट अमेरिका पठाइने सम्पूर्ण उत्पादनमाथि थप २५ प्रतिशत अतिरिक्त ट्यारिफ लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यससँगै, भारतमाथि कुल ट्यारिफ दर ५० प्रतिशत पुगेको छ ।
ट्रम्पको आदेश अनुसार, यो नयाँ ट्यारिफ आदेश जारी भएको मितिले २१ दिनपछि लागू हुनेछ । यो निर्णयलाई लिएर भारतको विदेश मन्त्रालयले कडा आपत्ति जनाउँदै प्रतिक्रिया दिएको छ । मन्त्रालयले भनेको छ, “यो कदम अनुचित, अकारण र तर्कहीन छ ।”

अमेरिकाले भारतको रुसबाट तेल आयातलाई लिएर चासो व्यक्त गर्दै आएको थियो । यसै सन्दर्भमा भारतले स्पष्ट पारेको छ कि उसको ऊर्जा नीति बजारको अवस्था र १ अर्ब ४० करोड जनताको ऊर्जा सुरक्षामा आधारित छ । भारतले अमेरिकाको कदमलाई दुर्भाग्यपूर्ण भन्दै भनेको छ कि अन्य देशहरूले पनि आफ्नो राष्ट्रिय हितका लागि समान कार्य गरिरहेका छन्, तर अमेरिका केवल भारतलाई टार्गेट गर्दैछ ।

अमेरिकाको निर्णयले भारतको विपक्षी दल कांग्रेसलाई आक्रोशित बनाएको छ । कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि निशाना साध्दै भनेको छ, “मोदीका मित्र ट्रम्पले भारतमाथि ५० प्रतिशत ट्यारिफ लगाएका छन्, तर मोदी चुप छन् ।”
कांग्रेस नेता राहुल गान्धीले ट्रम्पको निर्णयलाई आर्थिक ब्ल्याकमेल भन्दै टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री मोदीले भारतको हितमा कडा जवाफ दिनुपर्ने बताए ।

Global Ime Bank
Prev Post

जलस्रोत विधेयकमा समावेशीताले बखेडा

Next Post

कोशी प्रदेश खाद्यन्नको बचतमा

post-bars

Leave a Comment