Back To Top

June 16, 2025

१४ जिल्लाका लागि बाढीको ‘एल्लो  एलर्ट’

Global Ime Bank AD
Insourance

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले असार २, सोमबारका लागि १४ जिल्लाका लागि पहेँलो रङ अर्थात् एल्लो  एलर्ट दिएको छ। यो सूचीमा संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, स्याङजा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, डोटी र डडेलधुरा छन्।

बाढी महाशाखाका अनुसार आज पूर्वदेखि पश्चिमसम्म ३७ जिल्ला र आसपासका जिल्लमा बाढीको जोखिम छ।

बाढी महाशाखाले सूचनामा भनेको छ : आज इलाम, धनकुटा, तेहथुम, ओखलढुंगा, भोजपुर, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, काभ्रे, मकवानपुर, सल्यान, गोरखा, तनहुँ, स्याङजा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, जाजरकोट, बैतडी, दार्चुला, बझाङ, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर, बाँके, दाङ, रुकुमपश्चिम, रुकुमपूर्व, रुपन्देही, प्युठान र आसपासका जिल्ला मई वहने अधिकांश ससाना नदीमा बहाब सामान्य बढ्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनहुन अनुरोध छ।

बाढी महाशाखाका अनुसार आजसमेत ३ दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पूर्वी राप्ती, पश्चिम राप्ती कन्काई, कमला बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने अनुमान भए पनि घटबढ भइरहने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता आवश्यक छ।
United long banner ad
Prev Post

भोजनलिपि स्वादको चौंथो संस्करण असार १५ मा

Next Post

वैदेशिक लगानी १० अर्ब मात्रै भित्रियो

post-bars

Leave a Comment