Back To Top

March 28, 2025

प्रदर्शनका कारण काठमाडौंको यातायात प्रभावित

Global Ime Bank

काठमाडौं । शुक्रबार काठमाडौंमा गणतन्त्रवादी र राजावादीले गर्ने छुट्टाछुट्टै र्‍याली, प्रदर्शन र सभाका कारण काठमाडौं उपत्यकाको यातायात प्रभावित भएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले गणतन्त्र पक्षधरलाई प्रदर्शनीमार्ग–भृकुटीमण्डपमा र राजतन्त्र पक्षधरलाई तीनकुनेमा विरोध सभा गर्न अनुमति दिएको छ । उपत्यकाका विभिन्न स्थानबाट र्‍याली निकालिएसँगै पत्यकाको यातायात प्रभावित भएको हो ।  काठमाडौंको प्रदर्शनीमार्गमा आज (चैत १५) आयोजित आमसभाअघि विभिन्न ठाउँबाट जुलुस निकालिएको हो ।

त्यस्तै एउटा जुलुस बानेश्वरतर्फ अघि बढ्दा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरिएको छ । गणतन्त्रवादीको र्‍यालीमा सहभागी भएकाहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् ।

उनीहरूले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङको तस्बिरअंकित प्लेकार्ड समेत प्रदर्शन गरेका छन् । गणतन्त्रका पक्षमा नाराबाजी गरेका छन् ।

यस्तै, बबरमहल हुँदै अघि बढेको गणतन्त्रवादीको प्रदर्शनमा सहभागीले ‘ओली सरकार राजीनामा दे’, ‘कुलमान हटाउन पाइँदैन’, ‘गणतन्त्रविरोधी मुर्दावाद’, ‘भ्रष्ट सरकार मुर्दावाद’लगायत नारा लगाएका छन् ।

जिल्ला सुरक्षा समितिले उपलब्ध गराएको राजावादीको प्रर्दशनस्थल काठमाडौंको तीनकुनेमा प्रदर्शनकारी जम्मा भएका छन् ।

काठमाडौंमा गणतन्त्रवादी र राजावादीहरूले एकै दिन  प्रदर्शन गर्न लागेका हुन् । राजाबादीको प्रदर्शनको कमान्डर मेडिकल व्यवसायी दुर्गा प्रसाईं तोकिएका छन् ।

प्रहरीका अनुसार गौशालालगायत अन्यक्षेत्रबाट समेत प्रदर्शनकारी आउनेक्रम सुरु भएको छ । गणतन्त्रवादीहरूलाई प्रदर्शनीमार्गको स्थान उपलब्ध गराएको छ । उनीहरू पनि जम्मा हुने तयारी गरिहरेका छन् ।

Photo (7).jpg

Prev Post

ग्लोबल आइएमई र आईएफसीबीच डिजिटल वित्तीय सेवा सम्झौता

Next Post

आन्दोलनका नाममा तोडफोड आगजनी र लुटपाट

post-bars

Leave a Comment