Back To Top

May 27, 2025

गभर्नर नियुक्ति विरुद्द रिट दर्ता

Global Ime Bank AD

काठमाडौं ।
गभर्नर डा. विश्वनाथ पौडेल विरुद्ध दायर भएको रिट निवेदन पाचदिनको अन्यौलपछि दर्ता भएको छ ।

५ दिनअघि नै सर्वोच्च अदालतमा पेश भएको गभर्नर पदमा नियुक्त भएका डा. पौडेलको नियुक्ति बदरको माग गर्दे पेश भएको रिट निवेदन आज मात्रै दर्ता भएको हो । निवेदकहरुले गभर्नरको गैरकानुनी नियुक्ति भएकोले राष्ट्रिय महत्वको नीति ल्याउने कार्य र नोटमा हस्ताक्षर गर्ने कार्य रोक्न अन्तरिम आदेशको समेत माग गरेको बताइएको छ ।

गभर्नरमा राजनीतिक दलबाट सिधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दावी सहित गभर्नर डा. पौडेलको नियुक्ति बदर गर्न माग गरिएको छ ।

अधिवक्ताहरु अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले ऐनको बर्खिलाफ राजनीतिक स्वार्थको व्यक्तिलाई गैरकानुनी तवरले नियुक्ति गरिएको दावी सहित सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

निवेदकहरुले गभर्नर पौडेलमा राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ ले अनिवार्य गरेको आर्थिक मौद्रिक, बाणिज्य र बैंकिङ क्षेत्रको उपाधी नभई ग्रामिण विकास अर्थशास्त्रको योग्यता रहेकोले ऐनले अनिवार्य गरेको उपाधी नभएको, सिफारिस समितिको व्यक्तिले राजीनामा गरी निहित स्वार्थमा प्रतिस्पर्धा नगराई नियुक्ति गरिएको आधार समेत देखाई नियुक्ति बदर गर्न माग गरिएको छ ।

Global Ime Bank
Prev Post

व्यवसायमा मानव अधिकार खोजिँदै

Next Post

मल कारखाना स्थापनाको उपाय खोज्ने निर्णय

post-bars

Leave a Comment