Back To Top

November 29, 2024

वर्ल्डलिङ्कले ल्यायो फिनल्यान्डको सरकारी लगानी

Global Ime Bank AD
Insourance

काठमाडौँ

इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्सले फिनल्यान्डको सरकारी फन्डिङ कम्पनीको लगानी भित्र्याएको छ ।

फिनल्यान्डको सरकारी कम्पनी फिनफन्डले वर्ल्डलिङ्कमा करिब एक अर्ब ४० करोड रुपियाँ (एक करोड युरो) लगानी गरेको हो ।

राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा वर्ल्डलिङ्कका अध्यक्ष दिलीप अग्रवाल र फिनफन्डका तर्फबाट वरिष्ठ लगानी प्रबन्धक, डिजिटल इन्फ्रास्ट्रक्चर र समाधान पोर्टफोलियो प्रमुख कुट्टी किल्पेलेइनले लगानी सम्झौतामा हस्ताक्षर गरे । थपिएको लगानी फाइबर नेटवर्क विस्तारमा प्रयोग गरिने वल्र्डलिङ्कले जनाएको छ ।

त्यस्तै डेटा सेन्टर निर्माणको लक्ष्यलाई पनि यो सम्झौताले सहयोग पुग्ने कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष अग्रवालले नेपालको हरेक कुनामा तीव्र इन्टरनेट पु-याउने योजनामा फिनल्यान्डको लगानी महत्वपूर्ण कोसेढुङ्गा साबित हुने बताए।

फिनफन्डका वरिष्ठ लगानी प्रबन्धक किल्पेलेइनले वर्ल्डलिङ्कको इन्टरनेट सेवा विस्तार गर्न नोकियाको उन्नत प्रविधि प्रयोग गर्ने बताए। फिनिस प्रविधि तथा उपकरण निर्माता नोकिया र वर्ल्डलिङ्कको सहकार्यले कम्पनीका ग्राहकलाई मात्र नभई अन्य इन्टरनेट सेवाप्रदायकहरू, टेलिकम र सार्वजनिक तथा निजी क्षेत्रका संस्थालाई पनि फाइदा पुग्ने उनको भनाइ थियो ।

वर्ल्डलिङ्कले यसअघि पनि ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट (बिआइआई) र डोल्मा इम्प्याक्ट फन्ड (डिआइएफआइआई) मार्फत विदेशी लगानी भित्र्याएको थियो । विदेशी लगानी भित्र्याउने वल्र्डलिङ्क एउटा मात्र इन्टरनेट सेवाप्रदायक हो ।

United long banner ad
Prev Post

बूढीगण्डकीलगायत जलविद्युतको लगानी स्वीकृत

Next Post

ऋणको साँवा–ब्याज तिर्नकै लागि ऋण लिँदै सरकार

post-bars

Leave a Comment