शिक्षामा जलवायु परिवर्तनको हानिकारक असरः विश्व बैंक
काठमाडौ,
गएको २ वर्षमा विश्वका ४० करोड विद्यार्थीले चरम मौसमी प्रभावका कारण विद्यालय बन्दको सामना गर्नु परेको विश्व बैंकको एक प्रतिवेदनले औल्याएको छ ।
प्रतिवेदनले न्यून र मध्यम आय भएका देशहरूको शिक्षामा जलवायु परिवर्तनको हानिकारक असरबारे समिक्षा गरेको छ । जलवायु जन्य यस्ता असर न्युनीकरणका लागि नयाँ शैक्षिक कार्यक्रमको आवश्यकता औल्याएको छ । प्रति बच्चा १८.५१ डलरका हिसावले खर्च गर्न सक्दा यस्ता असरको सामना गर्न सक्ने अवस्था बन्ने सो प्रतिवदेनको ठम्याइ छ ।
जलवायु संकटले कम आय भएका देशहरूमा शिक्षालाई सबैभन्दा बढी असर गरिरहेको देखाएको छ । धनी राष्ट्रहरूमा २.४ दिनमात्र यस्तो असरले शिक्षा प्राप्तीको अवसर गुमाउँदा मध्यम तथा न्युन आय मुलुकमा औषत १८ दिनको पठन पाठन प्रभावित भएको छ । प्रतिवेदनले गरेको आँकलन अनुसार यो प्रभाव अझ बढ्दो क्रममै रहने छ । आँकलन अनुसार एक १० वर्षको बच्चाले सन् २०२४मा भोगिरहेको जलवायु परिवर्तनको प्रभाव सन् २०७०मा सोही उमेरको बच्चले भन्दा अत्यन्तै जोखीम हरुको सामना गरिरहनु परेको छ । जीवन काल भर सन् २०२४मा १० वर्ष पुगेको बच्चले तीन गुणा बढी बाढी, पाँच गुणा बढी खडेरी, र ३६ गुणा बढी गर्मीको लहरहरू सामना गर्नुपर्ने छ। जलवायु परिवर्तनका असरकै कारण विद्यालयहरू खुला हुँदा पनि विद्यार्थीहरूले पढाइ गुमाउँदै गरेको तथ्य सो प्रतिवेदनले औल्याएको छ । ब्राजिलमा, सबैभन्दा गरिब नगरपालिकाका ५० प्रतिशत नगरपालिकाका विद्यार्थीहरूले गर्मीकै कारण आधा वर्षको शिक्षा गुमाउनु पर्ने खतरा देखिएको छ ।
विश्व बैंकको पिपुल प्रेसिडेंसीका उपाध्यक्ष ममता मूर्तिले युवाहरु यो संकटबाट प्रत्यक्ष रुपमा प्रभावित रहेको र उनीहरु यसबाट बच्ने काम गर्न प्रयास रत रहेको पनि बताउँछिन । शिक्षाको शक्तिलाई उपयोग गर्ने यो एउटा अवसर छुटिरहेको छ र यसलाई हामी जलवायु संकटसँग अनुकूलन र न्यूनीकरणमा सहकार्य गर्न सक्छौ, उनले भनिन । आठ देशका करिब ६५ प्रतिशत युवाहरूले हरित सीपहरू विकास नगर्दा आफ्नो भविष्य खतरामा पर्ने मानेका छन् । , ६० प्रतिशत युवाले विद्यालयमा जलवायु परिवर्तनको बारेमा पर्याप्त जान्न नपाएको उल्लेख गरेका छन् । ९६ देशमा गरिएको यो अध्ययन प्रतिवेदनले शिक्षामा उचित ध्यान दिने हो भने भात्र हरेक वर्ष जलवायु चेतनामा लगभग ९ प्रतिशतले वृद्धि गर्न सक्ने देखाएको छ ।
शिक्षा जलवायु परिवर्तनबाट खतरामा परेको र त्यो खतरा कम गर्न जलवायु वित्तपोषण(क्लाइमेट फाइनान्स) मा व्यापक रूपमा बेवास्ता गरिएको पनि उनको भनाई छ । विगतका विश्लेषणहरूले देखाएको छ कि जलवायु वित्तको १.५ प्रतिशत मात्र शिक्षामा जान्छ। तर प्रतिवेदनमा उल्लेख भए अनुसार प्रति बच्चा १८.५१ अमेरिकी डलरका हिसावले खर्च गर्ने हो भने विद्यालयहरूले जलवायु परिवर्तन सम्बन्धी सिकाइलाई अझ राम्रोसँग सुरक्षित गर्न मद्दत गर्न सक्छन् । कक्षाकोठाको तापमानमा सुधार, लचिलो पूर्वाधार निर्माण तथा शिक्षकहरूलाई तालिम तथा अन्य अनुकुलनका उपायसमेत यसमा समावेश गर्न सकिन्छ ।
“धेरै कम लागतमा नै सरकारले जलवायु परिवर्तनका लागि शिक्षा प्रणालीलाई अनुकूलन गर्दै शिक्षा र सिकाइलाई प्रयोग गर्न सक्छ,” विश्व बैंकका शिक्षाका ग्लोबल निर्देशक लुइस बेन्भेनिस्टेले भने, “विद्यालय पूर्वाधारमा सुधार, सिकाइ निरन्तरता सुनिश्चित गर्न, र सकारात्मक परिवर्तनको प्रभावकारी एजेन्टको रूपमा विद्यार्थी र शिक्षकहरूलाई लाभान्वित गराउनु सुरक्षित भविश्यका लागि महत्वपूर्ण योगदान हुनेछ । ”