Back To Top

May 21, 2025

मलेसियामा रोजगारदाता परिवर्तन गर्न पाइने

Global Ime Bank AD

काठमाडौँ ।

मलेसियामा रहेको आप्रवासी श्रमिकले रोजगारदाता परिवर्तन गर्न पाउने भएका छन् । मलेसियाको सरकारले आप्रवासी श्रमिकलाई रोजगारीको विभिन्न क्षेत्रमा रोजगारदाता परिवर्तन गर्न अनुमति दिने निर्णय गरेको हो ।

मलेसिया सरकारको पछिल्लो निर्णयमा औपचारिक क्षेत्र (उत्पादन, निर्माण, कृषि, बगान) र सेवा क्षेत्रका ९होटेल, पर्यटन० लगायतका क्षेत्रमा काम गर्ने आप्रवासी श्रमिकले रोजगारदाता परिवर्तन गर्न अनुमति लिन सक्ने छन् ।

मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुतियन इस्माइलले आप्रवासी श्रमिकको व्यवस्थापन सम्बन्धी १३ औँ संयुक्त समितिको बैठकबाट उक्त निर्णय भएको हो ।

यसअघि मलेसिया सरकारले आप्रवासी श्रमिकलाई एकै प्रकृतिको कार्यक्षेत्रमा मात्रै रोजगारदाता कम्पनी परिवर्तन गर्ने अनुमति दिएको छ । जुन कम्पनी पुनर्संरचना, बन्द, विस्तार वा श्रम विभागको निगरानीमा रहेको समितिद्वारा अनुमोदन जस्ता सर्तमा आधारित छन् ।

Global Ime Bank
Prev Post

नागढुङ्गा–नौबिसे सडक दिउँसो बन्द गरिने

Next Post

अर्थमन्त्रीसँग नवनियुक्त गभर्नरको भेटवार्ता

post-bars

Leave a Comment