Back To Top

July 24, 2025

ऊर्जा चेतनामा उदाउँदै ओनी

Global Ime Bank AD

काठमाडौँ ।
वैकल्पिक लगायतका नविकरणीय ऊर्जाका क्षेत्रमा महिलाको उपस्थिति र चेतना बलियो बनाउने अभियानमा लागेको ऊर्जा र वातावरणका लागि महिला सञ्चाल (ओनी) ७औं वर्षमा प्रवेश गरेको छ ।

वार्षिकोत्सव कार्यक्रममा वैकलिपक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले ओनीका कारण गार्हस्थ्यस्तरमा उपभोक्ताका पक्षमा बढी काम गरिरहेकाले महिलाहरु बढी लाभान्वित हुन पाएको बताए ।

ओनीकी अध्यक्ष कला तिमल्सिनाले नेपाल विद्युत् प्राधिकरण, वैकल्पिक ऊर्जा प्रवर्दन केन्द्रलगायतका निकायमा महिला उपस्थिति शुन्य रहेकोे भन्दै त्यसको समिक्षा हुनु पर्ने धारणा राखिन । केन्द्रको बोर्डको महिलाको पहुँच पुर्याउनेतर्फ काम गर्दा गर्दै पनि यो पटक नसकिएकोले आगामी दिनमा जसरी भएपनि बोर्डमा महिलाको सहभागिता पुर्याउने प्रतिवद्धता जनाए ।

ओनीका गतिविधि उर्जा क्षेत्रको अन्तिम लाभ ग्राही मानिने महिला लक्षित गतिविधिले थप प्रभावकारिता श्रृजना गरेको पनि देखिएको छ ।

महिलाहरुको क्षमता विस्तार गर्नका लागि २०७५ सालमा स्थापना भएको ओनीले जिल्लामा ९३ वटा सञ्जाल विस्तार गरिसकेको छ । दीगो विकासको लक्ष्य नम्बर ५, ७ र १३ मा काम गरिरहेको छ ।

ओनीकी अध्यक्ष तिमल्सिना हालसम्म क्षमता विस्तार, सचेतना लगायत विभिन्न किसीमका तालिम तथा कार्यक्रम गरी १९ हजार ९०४ जनालाई लाभान्वित भएको बताउँछिन् । ओनीले विद्युतीय दुर्घटना न्यूनीकरण, सुरक्षा व्यवस्थापन, विद्युतीय चुलो मर्मत संभार, ऊर्जा क्षेत्रको विस्तार र विकासका लागि बहस पैरवी पनि गर्दै आएको छ । हाल ओनी अन्तर्गत १३९५ जना महिला आवद्ध छन् ।

Global Ime Bank
Prev Post

लोन पोर्टफोलियो रिभ्युको जिम्मा बंगलादेशी कम्पनीलाई

Next Post

श्रमिक र परिवार स्वस्थ्यको जिम्मा सामाजिक सुरक्षा कोषले लिँदै

post-bars

Leave a Comment