Back To Top

January 8, 2025

सिमान्तकृत महिलालाई विन्डपावरकेा अक्वाफेानिक्स तालिम

Global Ime Bank

काठमाडौं ।

विन्डपावर नेपालले दिगो कृषि विकास सीमान्तकृत महिलाहरूलाई सशक्त बनाउने उद्देश्यले कोन्ज्योसोम गाउँपालिकामा एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरको आर्थिक सहयोगमा क्वापोनिक्सप्रणाली मार्फत जलवायु उत्थानशील कृषि परियोजना सफलतापूर्वक कार्यान्वयन गरेको छ।

यो कार्यक्रमको सुरुवात अक्वाफेानिक्सबारे

 जनचेतना फैलाउने कार्यसालावाट सुरु गरिएकेा थियो। यो अभियान अन्तर्गत १० जना सीमान्तकृत महिलाहरू चयन गरिएकेा थियेा  र उनीहरूको घरधुरीमा क्वापोनिक्स प्रणाली जडान गरीएको थियो। साथै, श्री गुप्तेश्वरी महिला विकास बहुउद्देश्यीय सहकारीमा  क्वापोनिक्स प्रणाली र माछा प्रजनन केन्द्र पनि स्थापना गरीएको थियो

क्वापोनिक्स प्रणालीको प्रभावकारी कार्यान्वयन र दिगोपन सुनिश्चित गर्नका लागि विन्डपावर नेपालले विभिन्न तालिमहरूको आयोजना गरेको विन्ड पावर नेपालका प्रमुख कार्यकारी अधिकृत कुसल गुरुङले जानकारी दिए ।

तालिममा सहभागीहरूलाई जलवायु परिवर्तनसँग अनुकूल हुने सीप र ज्ञान प्रदान गर्दै क्वापोनिक्सले कृषि चुनौतीहरूको समाधान गर्न कसरी योगदान पुर्‍याउन सक्छ भन्ने विषयमा जानकारी गराईएको थियोमहिलाहरूलाई नेतृत्व क्षमताको विकास गर्न र निर्णय प्रक्रियामा सहभागी बनाउन लैंगीक र सामाजिक समावेशितामा आधारित विशेष तालिम पनि प्रदान गरिएको थियो। साथसाथै व्यावहारिक तालिमको शृंखलामा सहभागीहरूलाई प्रदर्शन प्रणालीमा अभ्यास गराउँदै, माछा र बिरुवाको हेरचाह, पानीको गुणस्तर जाँच, र पोषक तत्वहरूको व्यवस्थापन सम्बन्धित ज्ञान प्रणालीमा देखिने समस्याहरू समाधान गर्ने व्यावहारिक सीप पनि प्रदान गरीएको थियो साथैउत्पादित तरकारीकोचित मूल्य व्यवस्थापन बजारिकरणका लागि विन्डपावर नेपालले महिला सहकारी निजी संस्था मुठ्ठा एग्रो बीचसमन्वय पनि गरेको छ

माछा उत्पादनको निरन्तरता वृद्धि सुनिश्चित गर्ने उद्येश्यले सहभागीहरूलाई माछा प्रजननका प्रविधिहरूमा पनि तालिम दिईएको थियो, जस अन्तर्गत प्रजाति चयन, प्रजनन चक्र लगायतका विषयवस्तु समेटिएको साथै, उत्पादनका लागि बजारको विश्लेषण, प्रतिस्पर्धी मूल्य निर्धारण र स्रोतहरूको प्रभावकारी व्यवस्थापनका लागि बजार रणनीति र वित्तीय व्यवस्थापनसम्बन्धी पनि तालिमहरू प्रदान गरिएको थियोवातावरणमैत्री कृषितर्फको दिगो परिवर्तन र सामाजिक समावेशिता सुनिश्चितको लक्ष्यअनुसार क्वापोनिक्स प्रणालीको औपचारिक हस्तान्तरण पनि गरिएकेा छ ।

Prev Post

निर्यात प्रर्वद्धनका लागि सरकारले ठोस कदम चाल्नुपर्छ :अध्यक्ष ढकाल

Next Post

सुनकोसी-मरिणकेा बाँध निर्माणमा ठेकेदारकेा लापरवाही

post-bars

Leave a Comment