Back To Top

October 4, 2025

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

Global Ime Bank AD

काठमाडौं ।

शुक्रबार रातीदेखि अविरल वर्षासँगै खसेको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला र मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा पहिरो खसेर बाटो अवरुद्ध भएको हो । बाटो दुईतर्फी नै अवरुद्ध भएको प्रहरीले जनाएको छ । संभावित जोखीम आँकलन गर्दै शुक्रबार नै चितवन तनहुँ र धादि ङ का जिल्ला प्रशासन कार्यालयले यातायात स्थगित गर्न पूर्व सूचित गरेका थिए ।

तुइन खोला र जवाड खोला क्षेत्रमा निरन्तर पानी परिरहेको र ढुंगा–माटो झर्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन नसकिएको स्थानीय प्रहरीेले जनाएको छ । यी सडकखण्डमा पटक–पटक पहिरो खसेर बाटो अवरुद्ध हुँदा यात्रुहरुले सास्ती पाउँदै आएका छन् ।

 

Global Ime Bank
Prev Post

मर्मत उद्दारको तयारीमा जुट्न घिसिङको निर्देशन

Next Post

सोमबारसम्म पदयात्रामा नजान आग्रह

post-bars

Leave a Comment