Back To Top

March 1, 2026

मध्यपूर्व रातभर अशान्त, समस्यामा नेपाली श्रमिक

Global Ime Bank AD
Insourance

काठमाडौं।

अमेरिका र इजरायलले गरेको आक्रमणको बदलामा इरान पनि प्रत्याक्रमणमा उत्रिएपछि मध्यपूर्वमा तनाव बढेको छ। खासगरी खाडी मुलुकहरूमा रहेका अमेरिकी अड्डालाई इरानले निशाना बनाएको छ। मध्यरातामा समेत आक्रमण र प्रत्याक्रमणका कारण मध्यपूर्व असान्त बनेको छ ।

इरानभर भएका हवाई आक्रमणमा कम्तीमा २०१ जनाको मृत्यु र ७४७ जना घाइते भएको तथ्यांक छ । होर्मोजगान प्रान्तको मिनाब सहरस्थित एक विद्यालयमा तीनवटा मिसाइल खस्दा १०८ जनाको मृत्यु भएको छ ।

इरानले बहराइन, कतार, कुवेत, यूएई, साउदी अरब, जोर्डनलगायतका देशमा भएका अमेरिकी हवाई अड्डामा आक्रमण गरेको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्

आक्रमणपछि सम्बन्धित देशका सरकार र ती देशमा रहेका नेपाली दूतावासहरूले अलग-अलग सूचना जारी गर्दै अवस्था सामान्य नहुन्जेल अनावश्यक रूपमा घरबाहिर ननिस्कन आह्वान गरेका छन्। साथै, सतर्क अवस्थामा रहन र सरकारी निकायको आधिकारिक सूचनालाई फलो गर्न पनि उनीहरूले भनेका छन्।

काठमाडौँस्थित परराष्ट्र मन्त्रालयले पनि आज एक विशेष ‘ट्राभल एडभाइजरी’ जारी गर्दै इजरायल र इरानमा रहेका नेपालीहरूलाई घरभित्रै बस्न र स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ।

दुबईमा केही घाइते, कतारमा पनि विस्फोट

बहराइनको आन्तरिक मन्त्रालयका अनुसार, राजधानी मनामाका धेरै आवासीय भवनहरूमा आक्रमण भएको छ । प्रभावित स्थलहरूमा सिभिल डिफेन्स (नागरिक सुरक्षा टोली) ले आगो निभाउने र उद्धार कार्य जारी राखेको मन्त्रालयले बताएको छ ।

मन्त्रालयले यस आक्रमणको कारण वा यसबाट भएको मानवीय क्षतिको बारेमा तत्काल कुनै विस्तृत विवरण दिएको छैन। उता, दुबईका अधिकारीहरूले पाम जुमेराह क्षेत्रको एउटा भवनमा एउटा घटना भएको र त्यसमा परी केही व्यक्ति घाइते भएको पुष्टि गरेका छन् ।

United long banner ad
Prev Post

बजेट बनाउन राजस्व परामर्श समिति गठन

Next Post

ईभी मर्मत गर्न १८ महिने तालिमको योजना

post-bars

Leave a Comment