Back To Top

August 1, 2025

ट्रम्पले लगाए ९२ देशमा नयाँ भन्सार शुल्क

Global Ime Bank AD
Insourance

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसहित ९२ देशहरूमा नयाँ भन्सार शुल्क लगाएका छन्। सूचिमा एशियाली देशहरू भारतमाथि २५ प्रतिशत, पाकिस्तानमाथि १९ प्रतिशत, र क्यानडामाथि ३५ प्रतिशत भन्सार शुल्क लगाइएको छ।यी शुल्कहरू साउन २३ गतेदेखि लागु हुनेछन्।

यसअघि ट्रम्पले २ अप्रिलमा विश्वभरका देशहरूमा भन्सार शुल्क लगाउने घोषणा गरेकाेमा ७ दिनपछि नै त्यसलाई ९० दिनका लागि स्थगित गरिएको थियो। त्यसकाे केही समयपछि ट्रम्पले ३१ जुलाई सम्मको समय दिएका थिए।

ट्रम्प प्रशासनले ९० दिनभित्र ९० सम्झौता गर्ने लक्ष्य राखेकोमा हालसम्म मात्र ७ देशहरूसँग सम्झौता भएको छ। आदेश लागु हुनुअघि अमेरिका तर्फ आइरहेको सामानमा भने अघिल्लो नियमअनुसार नै कर लाग्नेछ । यसका लागि ५ अक्टोबर २०२५ अन्तिम म्याद तोकिएको छ।

ह्वाइट हाउसलेका अनुसार लाओस, म्यानमार, सिरिया जस्ता देशहरूमा सबैभन्दा धेरै ४० प्रतिशत वा सोभन्दा बढी भन्सार शुल्क लगाइनेछ।
तर कुनै सामान अरू देशमार्फत कर बचाउन अमेरिका पठाइएको खण्डमा त्यसमा ४०प्रतिशत भन्सार शुल्क लाग्नेछ।

United long banner ad
Prev Post

तल्लो सोलुले एक साता भित्र व्यवसायिक उत्पादन थाल्ने

Next Post

दोहोरो आइजिन हटाउन इप्पानको ध्यानाकर्षण

post-bars

Leave a Comment