Back To Top

October 19, 2024

अपर तामाकोशीको निरीक्षणमा उर्जामन्त्री खड्का

Global Ime Bank

काठमाडौँ ।
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बाढीपहिरोले क्षति पु¥याएको दोलखाको अपर तामाकोशी जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरेका छन् ।

मन्त्री खड्काले आज असोज ११ र १२ गतेको वर्षा र बाढीका कारण ४५६ मेगावाटको अपर तामाकोशी जलविद्युत आयोजनाको ड्याम साईड, पावर हाउस, सडक लगायतका भागमा भएको क्षतिको निरिक्षण गरे ।

निरीक्षणका क्रममा मन्त्री खड्काले अपर तामाकोशी जलविद्युत आयोजनामा क्षति पुग्दा राज्यले जलविद्युत क्षेत्रमा दैनिक ठूलो घाटा व्यहोर्नुपरेकाले यसलाई मर्मतसम्भार गरी सञ्चालनमा ल्याउनुपर्ने बताए ।

उक्त जलविद्युत आयोजना बन्द हुँदा राज्यले असोज महिनामा मात्र करिब ८५ करोड रुपैयाँ घाटा व्यहोर्नुपरेको उनको भनाई थियो ।
“ भोलिका दिन देखिनसक्ने उर्जा सङ्कटलाई ध्यान दिएर आयोजना निर्माणको काम द्रुत गतिमा गर्नुहोस मन्त्रालय आवश्यक सहयोग गर्न तयार छ,”– मन्त्री खड्काले भने ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मोहनप्रसाद गौतमले तीन साताभित्र नै थोरै भएपनि विद्युत उत्पादन थाल्नेगरी काम गरिरेहको जानकारी मन्त्री खड्कालाई गराए ।

उनले हेडवक्स क्षेत्रमा थुप्रिएर बसेको ढुंगा, माटो र ग्रेगान हटाउने काम आयोजनाले गरिरहेको बताए । यस्तै, दोलखादेखि लामाबगर सडकखण्डस्थित काभ्रेभीर आसपासमा ठूला ढुंगा खसेकाले बाटो अवरुद्ध हुँदा आयोजना क्षेत्रमा जानआउन समस्या परेको सिईओ गौतमको भनाई थियो ।

उर्जामन्त्री खड्कासँगै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्य, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललगायतले आयोजना क्षेत्रको निरीक्षणमा पुगेका थिए ।

Prev Post

मनकामना केबलकार नियमित सञ्चालनमा

Next Post

पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधन

post-bars

Leave a Comment