Back To Top

August 15, 2025

 माथिल्लो तामाकोशीको जलाशय सफा गरिँदै

Global Ime Bank AD

काठमाडौं ।

 माथिल्लो तामाकोशी जलविद्युत केन्द्रले  साउन ३१ गते  शनिबार जलाशय सफा गर्ने भएको छ ।

४५६ मेगावाट क्षमताको उक्त जलविद्युत केन्द्र दोलखा जिल्ला, विगु गाउँपालिका–१ मा अवस्थित छ । जलाशय सफा गर्ने क्रममा तामाकोशी बाँधको तल्लो तटीय क्षेत्र तथा आसपासका बस्तीहरूमा नदीको पानीको सतह समय–समयमा बढ्ने–घट्ने चक्र हुने भएकाले सतर्क रहन सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।

केन्द्रका अनुसार, लामाबगर, छेतछेत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्ती हुँदै सुनकोशी नदीको दोभानसम्मका क्षेत्रमा प्रभाव पर्न सक्नेछ ।

यस अवधिभर तामाकोशी नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, पशु लैजाने, गिटी–बालुवा निकाल्ने तथा सवारीसाधन तार्ने जस्ता गतिविधि नगर्न÷नगराउन आग्रह गरिएको छ । साथै, धार्मिक वा परम्परागत दाहसंस्कार तथा अन्य संस्कारका कार्य गर्नुपर्ने अवस्थामा अत्यन्त सावधानी अपनाउन सूचित गरिएको छ।

Global Ime Bank
Prev Post

यस्तो छ नागढुंगा सुरुङमार्गको पटके भाडा

Next Post

बजेटका उद्देश्य पूरा गर्न मन्त्रालयहरूलाई तत्काल सक्रिय हुन निर्देशन

post-bars

Leave a Comment