Back To Top

June 13, 2025

ग्लोबल आइएमईको अगुवाइमा माथिल्लो मेवा खोलामा लगानी

Global Ime Bank AD

काठमाडौ ।
ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाको लागि वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएकोछ ।
यस आयोजनाको प्रवद्र्धक कम्पनी सौर्य होल्डिङ र बैंकबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो ।

सम्झौताअनुसार यस आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइ र लक्ष्मी सनराइज बैंककोे सहवित्तीयकरणमा ४ अर्ब ८५ करोड ७० लाख रुपैयाँ लगानी हुनेछ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकका चिफ बिजनेश अफिसर कल्याण विक्रम पाँडे, लक्ष्मी सनराइज बैंकका चिफ बिजनेश अफिसर मनिशराज कुँवर र सौर्य होल्डिङ प्रा.लिका प्रबन्ध निर्देशक मोहन विक्रम कार्कीले हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर कार्यत्रममा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आयोजना निर्धारित समयमा सम्पन्न भई राज्यको ऊर्जा उत्पादन वृद्धि र निर्यात प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।  ताप्लेजुङ्ग जिल्लाको माथिल्लो मेवा खोलामा निमार्ण हुने ३१.९२ मेगावाट क्षमताको यस जलविद्युत आयोजनाको अनुमानित लागत ६ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।

सम्झौताअनुसार बैंकले ७५ प्रतिशत लगानी गर्नेछ र बाँकी २५ प्रतिशत रकम सौर्य होल्डिङले हकप्रद जारीबाट उठेको रकम लगानी गर्नेछ । यो आयोजना निर्माण सुरु भएको मितिबाट ३ वर्ष भित्र सम्पन्न गर्ने तयारी प्रवद्धकको छ ।

Global Ime Bank
Prev Post

बङ्गलादेश विद्युत् निर्यात असार १ देखि

Next Post

बंगलादेश विद्युत् निर्यात सुरु

post-bars

Leave a Comment