Back To Top

December 28, 2024

युनाइटेड अजोडको संस्थापक शेयर बिक्रीमा

Global Ime Bank AD
Insourance

काठमाडौं ।

युनाइटेड अजोड इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा राखेको छ।  इन्स्योरेन्सको कुल ४ लाख ७ हजार १८२ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। जसमा संस्थापक शेयरधनीहरु आईजे ग्रुपको नाममा रहेको ३ लाख ७४ हजार ४५ कित्ता र राधेश्याम अग्रवालको नाममा रहेको ३३ हजार १३७ कित्ता छन्।

आईजेड ग्रुपले बिक्रीमा राखेको युनाइटेड अजोडको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २२५ रुपैयाँ र अग्रवालले बिक्रीमा राखेको शेयरको प्रतिकित्ता २७५ रुपैयाँ तोकिएको छ। यो शेयरमा हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद निवेदन दिन सक्नेछन्।

शेयर खरिद निवेदन पेस गर्न ३५ दिनको समय दिइएको छ। इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको सुन्धारास्थित सीटीसी मलमा रहेको कम्पनीको प्रधान कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

तोकिएको मितिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

United long banner ad
Prev Post

तनहुँ जलविद्युतले दियो ९७ परिवारलाई क्षतिपूर्ति

Next Post

आकासिँदै डलर भाउ, मूल्य वृद्धिको चिन्ता

post-bars

Leave a Comment