Back To Top

July 16, 2025

यूनाइटेड अजोडले बोनस पछि हकप्रद शेयर ल्याउने

Global Ime Bank AD

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स को ३१ औँ वार्षिक साधारणसभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजी २ अर्ब ३१ करोड रुपैयाँको १० प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

असार ३० गते सम्पन्न साधारणसभाले  हाल कायम चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गरेको छ । जसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश छन्।

सभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजी २ अर्ब ३१ करोड रुपैयाँको १० प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ । हकप्रद शेयर जारीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ कायम हुनेछ। नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ।

यसैगरी सभाले नियमनकारी निकायबाट कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव अनुमोदन गरेको छ ।

सभामा सञ्चालकहरुको नियुक्ति अनुमोदन गरहेको छ ।

Global Ime Bank
Prev Post

बीपीसीबाट वाहिरिँदै नर्वेजियन लगानीकर्ता

Next Post

अधिकांश बैङ्ककेा घट्येा ब्याजदर

post-bars

Leave a Comment