युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा गौतम
काठमाडौ ।
युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कमल गौतम नियुक्त भएका छन ।
कम्पनी सञ्चालक समितिले मंगलबार बसेको बैठकले गौतमलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले गौतमको नियुक्ती स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा प्रस्ताव पठाएको छ ।
सिइओ रहेका श्रवणकुमार रावलको गत कात्तिक ८ गने निधनपछि युनाइटेड अजोड इन्स्योरेन्सको सीईओ पद रिक्त थियो।
सिइओमा नियुक्त गौतमले नेपाल ग्रिन्डलैज बैंकबाट बैंकिङ क्यारियर सुरु गरेका थिए । हिमालयन, एनआईसी एसिया, एनबि, सनराइज बैंकमा काम गरेको लामो अनुभव संगालेका छन् । साविक इन्फ्रान्स्टक्चर डेभलपमेन्ट बैंक र साविक एभरेष्ट इन्स्योरेन्सको सीईओ भएर काम गरेका गौतम सँग साढे तीन दशकको बैंकिङ अनुभव छ ।
बैंक र बीमा क्षेत्रमा तीन दशक बढीको अनुभव सम्हालेका गौतमले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन ।