Back To Top

March 22, 2026

दुई हाइड्राे पावरको आईपीओ बिक्री खुला

Global Ime Bank AD
Insourance

काठमाडौ ।

दुई वटा हाइड्राे पावर कम्पनीले आजदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गरेका छन् । सानिगाड हाइड्रो लिमिटेड र याम्बलिङ्ग हाइड्रो पावर लिमिटेडले पहिलो चरणको आईपीओ बिक्री खुला गरेका हुन् ।

दुवै कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरेका हुन् ।

सानिगाड हाइड्रो लिमिटेडले स्थानीयलाई २८ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको छ । यस निष्काशनमा बझाङ जिल्लाको बुङ्गल नगरपालिकाका स्थानीयले आवेदन दिन सक्ने छन् ।  सो नगरपालिकाको वडाहरु १ , २ र ४ अति प्रभावित स्थानीय रुपमा रहेका छन् । उनीहरुलाई कुल १८ लाख ५२ हजार कित्ता छुट्याईएको छ । सो नगरपालिकाका बाँकि वडाका स्थानीय प्रभवित क्षेत्रको रुपमा रहेका छन्, उनीहरुलाई ९ लाख ९७ हजार ५ सय कित्ता शेयर छुट्याईएको छ ।

स्थानीयले आवेदन दिंदा  न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्। स्थानीयले छिटोमा चैत्र २२ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा वैशाख ७ गतेसम्म आवेदन दिन सक्ने छन् ।

त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ५ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। यस निष्काशनमा चैत्र ११ गतेसम्म आवेदन दिन सकिने छ । त्यसपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ ।

यस कम्पनीले बझांगमा  ३४.४६ मेगावाटको अपर कालंगागाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९ फागुन देखि व्यापारिक उत्पादन गरिरहेको छ ।

याम्बालिङ्ग हाइड्रो पावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन गरेकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेकाे हो ।

कम्पनीले २८ करोड रुपैयाँ बराबरकाे २८ लाख कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएकोमा पहिलो चरणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले ७ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेकाे हाे । उक्त शेयर खरिदका लागि सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. १, २, ३, ४, ५, ६ र ७ का बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।

त्यसैगरी सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशत बराबर २ लाख १० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएकाे छ ।

आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आवेदन दिने अवधि छिटोमा चैत २२ गते बन्द हुनेछ भने ढिलोमा २०८३ वैशाख ७ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने आवेदन अवधि छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म रहनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा ७.२७ मेगावाट क्षमताको याम्बालिङ्ग खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

United long banner ad
Prev Post

यस्तो छ २०८३ सालमा बैंकहरुको बिदा

Next Post

सुनको मूल्यमा पहिरो, डलर भने चुलियो

post-bars

Leave a Comment