Back To Top

February 26, 2025

अमेरिकी बन्न ५० लाख डलरको ट्रम्प गोल्ड कार्ड पाइने

Global Ime Bank

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ भिसा कार्यक्रम सुरु गरेका छन्। ट्रम्पले मंगलबार गरेको घोषणा अनुसार धनी विदेशीहरूलाई अमेरिकाले गोल्ड कार्ड बिक्री गर्नेछ । यो भिसा पाएपछि उनीहरूले अमेरिकामा बस्न र काम गर्न अनुमति पाउनेछन् । साथै नागरिकता पाउने सहज हुने बताइएकाे छ ।

यो ५० लाख डलर अर्थात् झन्डै ७० करोड नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ।

सीएनएनका लेखेकाे छ ‘यो गोल्ड कार्ड हुनेछ। हामी यसको मूल्य ५० लाख डलर तोक्नेछौं, जसले ग्रिन कार्डका विशेषाधिकारहरू प्रदान गर्नेछ र नागरिकता प्राप्त गर्ने बाटो खोल्नेछ। धनाढ्य व्यक्तिहरू यो कार्ड किनेपछि हाम्रो देशमा आउनेछन्।’ट्रम्पले भने ।

गोल्ड कार्ड बिक्री दुई हप्ताभित्र सुरु हुनेछ । ट्रम्पले भविष्यमा १० लाख गोल्ड कार्ड बिक्री गर्ने लक्ष्य राखिएको उल्लेख गरेका छन् । यस पहलबाट राष्ट्रिय ऋण छिट्टै तिर्न सकिने उनले दाबी गरेका छन् ।

Prev Post

इभीकेा किन्न वढाईयेा डाउनपेमेन्ट

Next Post

कुलमानको स्पष्टिकरण: मलाई हटाउने अधिकार मन्त्रालयलाई छैन

post-bars

Leave a Comment