नाइमा मोबिलिटी एक्स्पोमा टोयोटाको अफर

काठमाडौ ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को लागि नेपालमा टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेटले विशेष अफर ल्याएको छ। अगस्ट ६ देखि १० तारिख सम्म भृकुटीमण्डपमा आयोजना हुने उक्त एस्क्पोमा युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा मेगा अफर ल्याउने जनाएको छ ।
एक्स्पोमा टोयोटाको तीन मोडल –Yaris Cross Hybrid Electric , Land Cruiser 250 प्रदर्शनमा राखिनेछन् र उक्त एक्स्पोमा टोयोटाको कुनै पनि बुकिंग गर्ने प्रत्येक ग्राहकले मेगा डिस्काउन्ट , प्ल्याटिनम कार्ड साथै एक्स्पोमा बुकिंग गरिएका सवारी साधनको लागि जीवनभर पिकअप तथा ड्रप सुविधा पाउने जनाइएको छ ।
स्टलमा आउने हरेक आगन्तुकले आकर्षक टोयोटा गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् । यो अफर नेपाल मोबिलिटी एक्स्पो २०२५ मा बुकिंग गर्ने ग्राहकहरुको लागि मात्रै उपलब्ध हुने जनाइएको छ ।
