Back To Top

September 25, 2025

बेलहिया नाकाबाट ९४ देशका पर्यटक

Global Ime Bank AD

भैरहवा।

पन्देहीको बेलहिया नाकाबाट सन् २०२५ को साढे आठ महिनामा ९४ देशका ५२ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालयका अनुसार यस अवधिमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै श्रीलङ्काका छन् । त्यसपछि थाइल्यान्ड, म्यान्मार, दक्षिण कोरिया र भियतनामका पर्यटकको सङ्ख्या उल्लेख्य छ ।

तथ्याङ्क अनुसार जनवरीमा छ हजार ७९३, फेब्रुअरीमा १७ हजार ८७१, मार्चमा २० हजार ७२०, अप्रिलमा तीन हजार ९४१, मेमा एक हजार २७९, जुनमा ६१३, जुलाईमा एक हजार ४०६ र अगस्तमा छ हजार ६११ पर्यटक नेपाल आएका छन् । यस्तै सेप्टेम्बरको दुई सातामा एक हजार ३७० पर्यटक भित्रिएको अध्यागमनका सूचना अधिकारी पुकार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार जेनजी आन्दोलनकै बेला पनि पर्यटक आउने क्रम जारी थियो । उहाँले भन्नुभयो, “आन्दोलनले खासै असर गरेन । नेपाल शान्त मुलुक हो भन्ने सन्देश अन्तर्राष्ट्रिय स्तरमा प्रवाह गर्न जरुरी छ ।”

सन् २०२४ मा भने यस नाकाबाट १९७ देशका ९२ हजार ६४४ पर्यटक आएका थिए । त्यस वर्ष पनि श्रीलङ्का, थाइल्यान्ड, म्यान्मार, भियतनाम र दक्षिण कोरिया शीर्ष पाँचमा थिए तर यस वर्ष अफगानिस्तान, अल्जेरिया, क्युवा, सुडान, सिरिया, ताजकिस्तानलगायत दुई दर्जनभन्दा बढी मुलुकका पर्यटक शून्य छन् ।

सुनौली–भैरहवा नाका स्थलमार्गबाट नेपाल भित्रिने पर्यटकको मुख्य प्रवेशद्वार मानिन्छ । आगमनको हिसाबले यो नाका काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि मुलुककै दोस्रो ठुलो प्रवेशविन्दु हो । सन् २०१९ मा एक लाख ६१ हजारभन्दा बढी पर्यटक यो नाकाबाट आएका थिए । कोभिडका कारण २०२० र २०२१ मा सङ्ख्या एकदमै घटेको थियो । पछिल्ला वर्षमा भने पुनः वृद्धि हुँदै गएको छ ।

बेलहिया नाकाबाट आउने अधिकांश पर्यटकको पहिलो गन्तव्य लुम्बिनी हो । त्यसपछि पाल्पा, पोखरा, मुक्तिनाथ, काठमाडौँ र सौराहा जाने गरेका छन् तर लुम्बिनीमा बसाइ अवधि छोटो रहने गरेको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार धेरै जसो पर्यटक दुई रातभन्दा बढी बस्दैनन्, करिब १० प्रतिशतले त त्यही दिन फर्किने गर्छन् । यस नाकाबाट भित्रिने भारतीय पर्यटकको सङ्ख्या पनि उच्च छ तर भिसा नलाग्ने भएकाले उनीहरूको तथ्याङ्क अध्यागमन कार्यालयले राख्दैन ।

Global Ime Bank
Prev Post

नौबिसे मुग्लिन सडक सूचारु, तुइनखोलामा अझै समय लाग्ने

Next Post

सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता आवश्यकः महासंघ

post-bars

Leave a Comment