Back To Top

July 10, 2025

पर्यटकले ८ अर्ब ल्याउँदा नेपालीले लगे १२ अर्ब

Global Ime Bank AD

काठमाडौँ ।

चालु आवको ११ महिना (साउन–जेठ) सम्ममा नेपाल आउने पर्यटकले भन्दा नेपालीले गरेको खर्च बढी रहेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार सो अवधिमा १२ अर्ब १७ करोड ७३ लाख रुपैयाँ बढी खर्च गरेको देखिएको हो ।

तथ्यांक अनुसार सो अवधिमा नेपाल आउने विदेशीले ८ अर्ब २१ करोड ९८ लाख रुपैयाँ खर्च गरेका छन् भने सोही अवधिमा बिदेसिएका नेपालीले २० अर्ब ३९ करोड ७२ लाख रुपैयाँ लगेका छन् ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको ११ महिनामा पनि ९ अर्ब ८२ करोड ७५ लाख रुपैयाँ बढी खर्च भएको छ । सो अवधिमा विदेशी पर्यटकले ७ अर्ब ६८ करोड ८२ लाख खर्च गरेका थिए भने नेपाली नागरिकहरु १७ अर्ब ५१ करोड ५८ लाख रुपैयाँ लिएर बाहिरिएका थिए ।

मुलुकलाई समृद्ध बनाउने एउटा पाटो विदेशी पर्यटक आगमनलाई मानिए पनि तथ्यांकले नेपाल आउने पर्यटकले भन्दा विदेश जाने नेपालीले गरेको खर्च बढी देखाएको छ । पछिल्लो समय नेपालीहरु पनि पर्यटकका रुपमा विदेश जाने क्रम बढेको छ । नेपालको संविधानले नै नागरिकलाई स्वतन्त्रता दिएकोले विदेश भ्रमण मोह बढ्दै गएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको दाबी छ ।

शैक्षिक प्रयोजनमा बिदेसियो १२ अर्ब बढी

शैक्षिक प्रयोजनमा बिदेसिने नेपालीले चालु आवको ११ महिनामा १२ अर्ब ४७ करोड ९९ लाख रुपैयाँ विदेश लगेका छन् । शैक्षिक प्रयोजनका लागि नेपाल आउने विदेशी नागरिकले सो अवधिमा ३६ करोड ९९ लाख रुपैयाँ मात्र खर्च गरेका छन् । सो अवधिमा शैक्षिक प्रयोजनका लागि आवतजावतमा नेपालले १२ अर्ब ११ करोड रुपैयाँ घाटा व्यहोर्नुपरेको छ ।
गत आवको सो अवधिमा यो प्रयोजनका लागि ११ अर्ब ७० करोड ५ लाख रुपैयाँ बिदेसिएको थियो भने ५५ करोड ४० लाख रुपैयाँ विदेशी नागरिकले खर्च गर्दा नेपाललाई ११ अर्ब १४ करोड ६५ लाख रुपैयाँ घाटामा भएको तथ्यांकमा उल्लेख छ ।

 

Global Ime Bank
Prev Post

हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड

Next Post

सहकारीको बचतफिर्तामा पहल हुने

post-bars

Leave a Comment