Back To Top

September 5, 2024

पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त

Global Ime Bank AD

काठमाडौं ।

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी नियुक्त भएका छन् । जोशीलाई पर्यटन बोर्ड सञ्चालक समितिको बिहीबार बसेको बैठकले सीईओ नियुक्त गरेको हो । खुला प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीबाट जोशी सीईओ छनोट भएका हुन् ।

बोर्डमा सीईओ नियुक्तिका लागि बोर्डका सदस्यद्वय मिलन देवकोटा र मदन आचार्य तथा पर्यटन मन्त्रालयकी सहसचिव इन्दु घिमिरेको एक उपसमितिले सीईओ छनोट गर्न तीन जनाको नाम सिफारिश गरेको थियो। बोर्डले उपसमितिले सिफारिश गरेकै तीन जनामध्येबाट बोर्डले जोशीलाई नियुक्त गरेको हो ।

२० मध्ये तीन प्रतिस्पर्धीको सूचीमा जोशी परेका थिए । निवर्तमान सीईओ धनञ्जय रेग्मी, ज्ञानेश्वर महतो र जोशी अन्तिम प्रतिस्पर्धामा थिए । जोशीले रेग्मी सीईओ हुनुभन्दा अघि एक कार्यकाल सीईआको जिम्मेवारी पूरा गरेका थिए ।

जोशी चार वर्षका लागि सीईओ नियुक्त भएका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा गठित तीन सदस्यीय छनोट समितिले जोशीको नाम दोस्रो नम्बरमा सिफारिस गरेको थियो ।

पर्यटन बोर्डमा गत माघ १६ गतेदेखि निवर्तमान सीईओ डा. धनन्जय रेग्मीको कार्यकाल सकिएपछि उक्त पद रिक्त थिया बोर्डको सीईओ छनोट उपसमितिले गत चैत २४ गते मागेको खुला आवेदनबाट सीईओका लागि योग्य उमेदवारमध्ये उत्कृष्ट ३ जनाको नाम छनोट गरेको थियो ।

 

Global Ime Bank
Prev Post

बाढी पीडित जलविद्युतका माग छिटो पुरा गरिदिनुस: इप्पान 

Next Post

ग्लोबल आइएमईमा खाता खोल्दा पाँच थप सुविधा

post-bars

Leave a Comment