Back To Top

March 20, 2025

ऊर्जामन्त्रीप्रति सत्तारुढ सांसदको असन्तुष्टि

Global Ime Bank

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले बुधबार राष्ट्रिय सभामा दिएको अभिव्यक्ति प्रति सत्तरुढ दलका सांसदले आशंका गरेका छन् । नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले देशमा पुनः लोडसेडिङ हुने विषयको यथार्थ बाहिर ल्याउन माग गरेका छन् ।

बुधबार राष्ट्रियसभा बैठकमा ऊर्जामन्त्री दीपक खड्काले नेपालमा लोडसेडिङ हुन लागेको र लोडसेडिङ हटाएको जस भारतलाई दिनुपर्ने बताएका थिए ।

बिहीबार सांसद गैरेले ऊर्जामन्त्रीको अभिव्यक्तिबारे सरकारले यर्थाथ सूचना दिनुपर्ने माग गरे । “नेपालमा लोडसेडिङ हुने कुराको जस भारतलाई दिनुपर्छ भनेर बोलेको सुनेको छु । हिजो पनि मैले त्यहीँ सुनेँ,” बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले भने, “नेपालको बिजुली भारतले किन्छ, भारतको बिजुली नेपालले किन्छ । यो व्यापारको विषय हो ।”

“हिजो दुईवटा समाचार आए । मन्त्रीज्यू भन्नुहुन्छ लोडसेडिङ हुन्छ, लोडसेडिङ सुरु भयो,” उनले भने, “अर्कोतर्फ कार्यकारी निर्देशक (कुलमान घिसिङ) भन्नुहुन्छ– लोडसेडिङ हुँदैन, ढुक्क भए हुन्छ । यो खालको समाचारहरूले दिन थालेको सन्देश के हो ? के यस्ता कुराहरू शोभायमान छन् ?”

सरकारले आउने समस्यालाई कसरी व्यवस्थापन गर्ने भन्दा पनि भ्रम फैलाउन खोजेको उनको भनाइ छ । “विद्युत् आपूर्ति कसरी व्यवस्थित गर्ने ? आउन सक्ने समस्यालाई कसरी समाधान गर्ने ? अनि जनतालाई आश्वस्त हुने वातावरण कसरी बनाउने ?,” उनले भने “यो खालको द्विविधायुक्त, भ्रमयुक्त समाचार सम्प्रेषण गरेर हामीले छुट पाउँदैनौँ । यसतर्फ सरकारको ध्यान जानुपर्छ ।”

सरकारबाटै फरकफरक सूचना सम्प्रेषण भएको भन्दै उनले वास्तविकता दिन माग गरे । “यस्तो गलत र फरक फरक सूचना सम्प्रेषण गर्ने कुरा बन्द होस् । जे  यथार्थ हो त्यो कुरा सम्प्रेषण गर्नुपर्छ,” उनले भने ।

Prev Post

पाँचसय उद्यमीलाई स्टार्टअप कर्जा:प्रधानमन्त्री

Next Post

औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति नियमित गर्न आग्रह

post-bars

Leave a Comment