Back To Top

November 14, 2025

विकटमा धमाधम दूरसञ्चारको पहुँच विस्तार

Global Ime Bank AD
Insourance

काठमाडौँ ।

नेपाल टेलिकमले ग्रामीण क्षेत्रहरुमा धमाधम दूरसञ्चारको पहुँच विस्तार गरिरहेको छ । सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका विकट क्षेत्रहरुमा टेलिकमको टेनवर्क विस्तार तथा फोरजी सेवाको पहँुच अभिवृद्धि भएको हो । दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच विस्तरमा अघि बढेको टेलिकमले एकपछि अर्को विकट क्षेत्रमा दूरसञ्चार पहुँच विस्तार गर्दै लगिरहेको छ ।

हालै बाजुराको बुढीनन्द गाउँपालिकामा उच्च गतिको फोरजी इन्टरनेट सेवा सुरु भएको छ । नेपाल टेलिकमले गाउँपालिकाको वडा नम्बर ७ मा नयाँ ४जी एलटीई टावर जडान गरी सेवा सञ्चालनमा ल्याएको हो । स्थानीय नरेन्द्र महतका अनुसार टेलिकमको टावरबाट बुढीनन्दका वडा नम्बर ७, ८, ९ र १० का बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।

यता डोल्पाको ठूलीभेरी नगरपालिका र शे–फोक्सुन्डो गाउँपालिकाका विभिन्न बस्तीहरू सञ्चारको पहुँचमा जोडिएका छन् । दूरसञ्चार कार्यालय डोल्पाका प्राविधिक नवराज भट्टराईले वडा नं १० को मिदग्ती लेकमा निर्माण गरिएको नेपाल टेलिकमको इन्टरनेटसहितको फोरजी टावर बिहिबारदेखि सञ्चालनमा आएको जानकारी दिए। योसँगै वर्षौँदेखि सञ्चार सुविधाबाट वञ्चित फोक्सुन्डो ट्रेल, यार्सा पाटनसहित आधा दर्जन बस्तीहरू सञ्चारको पहुँचमा जोडिएका जानकारी दिए ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको चासो र सक्रियतामा टेलिकमको नेटवर्क विस्तार, कुना कन्दरामा इन्टरनेटको पहुँच अभिवृद्धि भएको हो ।
यसअघि गत असोज ३१ गते पर्यटकीय गन्तव्य मनाङको तिलिचो बेसक्याम्पमा पहिलोपटक फोरजी सेवा विस्तार भएको थियो । त्यतिमात्र हैन मन्त्री खरेलको सक्रियतामा गत असोज ३० गतेबाटै बझाङको तलकोटमो पनि पहिलो पटक फोरजी सेवा विस्तार भएको थियो । गत असोज ३१ गते नै दार्चुचालको मार्मा गाउँपालिकामा टेलिकमको टुजी र फोरजी सेवा सुरु भएको छ । जाजरकोटमा दुई सातादेखि अवरुद्ध दूरसञ्चार सेवा सञ्चारमन्त्रीको ताकेतापछि सूचारु भएको थियो ।

सञ्चारमन्त्री खरेलले टेलिफोन र इन्टरनेट नपुगेका मुलुकका दुर्गम क्षेत्रहरुमा उक्त सेवाको पहुँच पु¥याउन लागिपरेको बताउनुभयो । उहाँले सञ्चार पहुँच प्रत्येक नागरिकको अधिकार रहेको बताउदै सबै जिल्लामा समान सेवा सुनिश्चित गर्न टेलिकमलाई निर्देशन दिनुभएको छ ।
सुदूरपश्चिम प्रदेशको बिकट हिमाली जिल्ला बाजुराको बुढीनन्द गाउँपालिकामा फोरजी इन्टरनेट सेवा सुचारु भएको छ । बुढीनन्दका विभिन्न वडा मात्रै नभई मार्तडी–कोल्टी मार्ग र आसपासका बस्तीहरूमा पनि इन्टरनेट तथा मोबाइल सञ्जालमा सुधार आएको स्थानीयहरूले बताएका छन् ।
यसअघि यस क्षेत्रमा भ्वाइस र डेटा सेवा घाम लागेको बेला मात्रै चल्ने गरेको गुनासो स्थानीयहरूले गर्दै आएका थिए । नयाँ टावर सञ्चालनमा आएपछि अब आपतकालीन सम्पर्क, अनलाइन कारोबार, र पारिवारिक सन्देश आदान–प्रदान सहज भएको छ ।

United long banner ad
Prev Post

हङकङ ट्रान्जिटका लागि भिषा नचाहिने

Next Post

पेट्रोल र डिजेलको मूल्य बढ्याे

post-bars

Leave a Comment