आयातित कारको मूल्य करिव २५ प्रतिशतले बढ्ने

एजेन्सी ।
अमेरिकामा आयातित कारको मूल्य करिव २५ प्रतिशतले बढ्ने भएको छ । अन्तरराष्टिय सम्बन्धमा राजनीति, कुटनीति र व्यापारलाई प्रत्यक्ष चलाइरहेका अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पका अनुसार यी शुल्कहरूले कार उत्पादकहरूलाई अमेरिकी भूमिमै उत्पादन स्थानान्तरण गर्न प्रेरित गर्नेछन् ।
जसका कारण कारको मूल्य अत्यधिक बढ्ने अनुमान गरिएको छ । नयाँ ट्यारिफ आगामी अप्रिल ३ देखि लागू हुनेछ । त्यस्तै, कार उत्पादनमा प्रयोग हुने अधिकांश विदेशी निर्मित पाट्र्समा पनि केही समयपछि २५ प्रतिशत शुल्क लागू हुनेछ ।
विशेषज्ञहरूले भने यो व्यावहारिक रूपमा सम्भव नभएको बताएका छन् । तर यदि कुनै तरिकाले सम्पूर्ण उत्पादन अमेरिकामा सार्न सम्भव भए पनि निर्माण लागत अत्यधिक महँगो पर्न जानेछ ।
त्यसबाहेक ट्रम्पले अमेरिकी बजारमा आउने स्टिल र एल्युमिनियममा पहिल्यै २५ प्रतिशत शुल्क लगाइसकेका छन् । साथै उनले तामामा पनि शुल्क लगाउने धम्की दिएका छन् । यी तीनवटै धातु कार निर्माणमा आवश्यक हुन्छन्, जसका कारण ती धातुमा लगाइएको शुल्कले कारको उत्पादन लागत थप बढाउनेछ ।
बुधबार मेक्सिकोको हर्मोसिलोस्थित फोर्ड हर्मोसिलो स्ट्याम्पिङ र एसेम्बली प्लान्टमा ट्रकहरू पार्क गरिएको दृश्य देखिएको थियो । समाचार अनुसार ट्रम्पका यी नयाँ शुल्कका कारण कारको मूल्य हजारौँ डलरले बढ्नेछ, र यो अपेक्षा गरेभन्दा छिट्टै लागू हुनेछ । २५ प्रतिशत शुल्कले प्रत्येक कारको मूल्य ५ हजार डलरदेखि १५ हजार डलरसम्म बढाउनेछ ।