Back To Top

August 24, 2025

सुनको विलासिता कर अब एक तहमा मात्र

Global Ime Bank AD

काठमाडौँ :
सुनको कारोबारमा लगाइएको तहगत विलासिता कर हटेको छ । सरकारले चालु आर्थिक वर्ष २०८२(८३ को बजेटमार्फत सुनको कारोबारमा लगाइएको दुई प्रतिशत विलासित कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको थियो ।

व्यवसायीको विरोधपछि सरकारले सुनमा लगाएको तहगत विलासिता कर हटाएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।बैंकबाट सुनचाँदी महासघले सुन खरिद गर्दा, महासंघले व्यवसायीलाई बिक्री गर्दा र उपभोक्ताले खरिद गर्दा प्रत्येक तहमा दुई प्रतिशतका दरले विलासिता कर लाग्ने प्रावधान बजेटमा थियो । तीन तहमा विलासिता कर लगाउँदा उपभोक्तालाई छ प्रतिशतसम्म अर्थात् प्रतितोला १२ हजार रुपैयाँसम्म महँगो पर्ने अवस्था थियो । तहगत रूपमा लाग्ने कर हटेपछि अब उपभोक्ताले सुनको खरिद गर्दा दुई प्रतिशत मात्र विलासिता कर तिरे हुने वज्राचार्यको भनाइ छ ।

यस्तै हिरा र पत्थरमा ५० लाख रुपैयाँ भन्दा बढीको कारोबार गर्नेलाई भ्याटको व्यवस्था गरिएको छ । यसअघि हिरा र पत्थरको जतिसुकै कारोबारमा पनि भ्याटको व्यवस्था थियो । सुनको कारोबारमा लगाइएको विलासिता करले व्यवसायी र उपभोक्तालाई असर पर्ने भन्दै एक महिनासम्म सुनचाँदी व्यवसायीले पसल बन्द गरेर विरोधमा उत्रेका थिए । व्यवसायीका माग सम्बोधन गर्न सरकारले कार्यदल गठन गरेको थियो । कार्यदलले सुनमा लगाइएको तहगत कर हटाउनुपर्ने सुझाव पेस गरेको थियो । सोही अनुसार सुनको कारोबारमा तहगत विलासिता कर हटेको महासङ्घले जनाएको छ ।

Global Ime Bank
Prev Post

साउनमा निर्यात ९५.७५ प्रतिशतले बृद्धि

Next Post

सडकको संरक्षणका लागि ‘बायो इञ्जिनियरिङ’

post-bars

Leave a Comment