Back To Top

June 9, 2025

नौ महिनामा चार अर्ब रुपैयाँ राजस्व छुट

Global Ime Bank AD
Insourance

काठमाडौं ।

चालु आर्थिक बर्ष २०८१/८२ को नौ महिनामा बिभिन्न ४३ वटा सरकारी निकाय तथा कम्पनीले करिब चार अर्ब रुपैयाँ राजस्व छुट भएका छन् ।

११ अर्ब २४ करोड २४ लाख ४५ हजार रुपियाँको आयातमा ४३ संस्थाले सो बराबरको राजस्व छुट पाएको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक ऐन, २०८१ को दफा १८ को उपदफा २ र ३ अनुसार ४३ वटा निकाय तथा कम्पनीले तीन अर्ब ९७ करोड ७३ लाख १२ हजार राजस्व छुट लिएका हुन्

आर्थिक ऐनको दफा १८ को उपदफा २ मा नेपाल सरकार, अर्थ मन्त्रालयले मुनाफारहित सार्वजनिक तथा सामुदायिक संस्था, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहका निकाय वा नेपाल सरकारको स्वामित्व भएका सङ्गठित संस्थालाई यस ऐन बमोजिम लाग्ने दस्तुर, शुल्क, महसुल वा करको दर घटाउन वा त्यस्तो दस्तुर, शुल्क, महसुल वा कर आंशिक वा पूर्ण रूपमा छुट दिन सक्ने उल्लेख छ ।

यसैगरी उपदफा ३ मा अर्थ मन्त्रालयले वैदेशिक ऋण वा अनुदान सहयोगमा सञ्चालन गरिने आयोजनाका लागि वा नेपाल सरकार वा लगानी बोर्ड नेपालसँग भएको आयोजना विकास सम्झौता बमोजिम परियोजना विकासका लागि आयोजना वा आयोजनाले नियुक्त गरेका ठेकेदारको नाममा पैठारी हुने मालवस्तुको पैठारीमा उल्लिखित शर्तको अधीनमा रही यस ऐन बमोजिम लाग्ने दस्तुर, शुल्क, महसुल वा करको दर घटाउन वा त्यस्तो दस्तुर, शुल्क, महसुल वा कर आंशिक वा पूर्ण रूपमा छुट दिन सक्ने उल्लेख छ ।

सोही बमोजीम सरकारी र निजी कम्पनीहरुले नौ महिनामा सो बराबरको राजस्व छुट पाएका हुन् । यसमा समिक्षा अवधीमा सरकारले दिएको कूल राजस्व छुट भने समावेश छैन ।

यसअन्तरगत नेपाल विद्युत् प्राधिकरणले सबै भन्दा धेरै ६ अर्ब सात करोड ११ लाख ८८ हजार रुपैयाँको  बस्तु आयात गर्दा एक अर्ब ८७ करोड ५३ लाख ३९ हजार रुपैयाँ राजश्व छुट पाएको छ ।

दोस्रो नम्बरमा भने नेपाल आर्मीको हेडक्वाटर रहेको छ, उक्त निकायले ६८ करोड ३५ लाख २६ हजार रुपैयाँको बस्तु आयात गर्दा ७४ करोड ६८ लाख ६५ हजार रुपियाँ राजस्व छुट पाएको छ ।

United long banner ad
Prev Post

आगामी ३ दिन ठूला नदिमा वाढीको सतर्कता

Next Post

विपी राजमार्गमा अझै दुई बर्खा दुःख

post-bars

Leave a Comment