Back To Top

June 26, 2025

ट्रान्सफर्मर चोरीले प्राधिकरण हैरान

Global Ime Bank AD

काठमाडौ ।

नेपाल विद्युत् प्राधिकरणका कोशी प्रदेश कार्यालय मातहतका विभिन्न कार्यालयले विद्युत् विस्तारका लागि जडान गरेको ट्रान्सफर्मर चोरी हुने गरेको छ । पछिल्लो तीन महिनामा सुनसरी, झापा र मोरङमा छ वटा ट्रान्सफर्मर चोरी भइसकेको प्राधिकरण केन्द्रिय कार्यालयले जनाएको छ ।

प्राधिकरण केन्द्रिय कार्यालयमा प्राप्त विवरण अनुसार बस्ती नभएको र शाखा लाइन विस्तार गरेर राखिएको क्षेत्रमा वढी ट्रान्सफर्मर चोरी भएका छ ।
कोशी प्रदेशका प्रमुखले प्राधिकरण केन्द्रिय कार्यालयमा पठाएको विवरण अनुसार २०८२ वैशाख ३ गते बेलबारी वितरण केन्द्र अन्तर्गत सुन्दरहरैँचा नगरपालिका–२, जोगीहारेको ५० केभिए ट्रान्सफर्मर चोरी भएको थियो । २०८२ जेठ २२ गते रङ्गेली वितरण केन्द्र अन्तर्गत रङ्गेली नगरपालिका–७ को ५० केभिए, २०८२ जेठ २३ गते रङ्गेली वितरण केन्द्र अन्तर्गत रङ्गेली नगरपालिका–१, जिरायत टोलको एक सय केभिए ट्रान्सफर्मर चोरी भएको छ ।

यसै गरी दमक वितरण केन्द्र धरमपुर खानेपानी शिवसताक्षी–१ मा रहेको एक सय केभिए ट्रान्सफर्मर जेठ ३१ गते, इटहरी वितरण केन्द्र अन्तर्गत वराहक्षेत्र नगरपालिका–९ राजाबासको एक सय केभिए ट्रान्सफर्मर असार ९ गते चोरी भएको छ । यसअगाडि वैशाख २० गते मोरङको ग्रामथान गाउँपालिका–५, झपटाटोलमा समेत ट्रान्सफर्मर चोरिएको थियो ।

 

प्राधिकरणका अनुसार एउटा एक सय केभिएको ट्रान्सफर्मर चोरी हुँदा १० देखि १२ लाख रुपैयाँ क्षति हुन्छ । ५० केभिएको चोरी हुँदा करिव सात लाख रुपैयाँ नोक्सान हुन्छ । चोरीमा संलग्नहरू ट्रान्सफर्मर र विद्युतको ज्ञान भएका र भारतीय भएको हुन सक्ने आँकलन प्रदेश कार्यालयको छ । ट्रान्सफर्मरको खोल छोडेरभित्रको तामा मात्रै झिकेर लाने गरिएको छ ।

 

एउटा ट्रान्सफर्मरभित्र एक सय केजी तामाको तार हुन्छ । तामा प्रतिकेजी दुई हजार रुपियाँ पर्ने पर्छ । सोही तारका लागि चोरी बढेपछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरलाई चोरीमा संलग्नको पहिचान र कारबाहीका लागि निवेदन दइएको छ । तर अपराधी भने पहिचान हुन नसकेको प्राधिकरणले जनाएको छ ।

 

Global Ime Bank
Prev Post

आइएमई ग्रुपको सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा

Next Post

सवारी साधनमा यूरो-६ प्रदूषण मापदण्ड लागु

post-bars

Leave a Comment