Back To Top

June 5, 2025

टेक एण्ड पे प्रावधान संसोधन हुन्छः ऊर्जा मन्त्री

Global Ime Bank AD
Insourance

काठमाडौँ, । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बैँक तथा वित्तिय संस्थाले ‘टेक एण्ड पे’ को विषयलाई लिएर जलविद्युत क्षेत्रमा लगानी नगर्नुपर्ने कुनै कारण नरहेको बताएका छन् ।

अपि पावर लिमिटेडको सहायक कम्पनी दार्चूला पावर कम्पनीले दार्चुलामा निर्माण गर्न लागेको मध्य चमेलिया (२८.३ मेवा) जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन समारोहमा बोल्दै उहाँले वजेटमा राखिएको ‘टेक एण्ड पे’ को विषयलाई लिएर लगानी नगर्नुपर्ने कुनै कारण नभएको बताए ।

“वजेटमा ‘टेक एण्ड पे’ को शब्दले प्रवेश पाएपछि वित्तिय व्यवस्थापन कसरी होला भन्ने चिन्ता लिनुभएको होला, नआत्तिकन लगानी गर्नुहोस्, उक्त प्रस्ताव उर्जा मन्त्रालयको होइन, सो प्रस्तावलाई संशोधन गर्न अर्थ मन्त्रालयसँग छलफल भइरहेको छ,”– मन्त्री खड्काले भने ।

उर्जामन्त्री खड्काले सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको भन्दै उक्त लक्ष्यलाई पुरा गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । “उत्पादन गर्नुपर्ने स्रोत हामीसँग छ, बजार हामीसँग छ, लगानी किन नगर्ने,”– मन्त्री खड्काले भने ।

United long banner ad
Prev Post

नबिल बैंकको सिइओमा मनोजकुमार ज्ञवाली

Next Post

बजेट कार्यान्वयनको गृहकार्य सुरु

post-bars

Leave a Comment