Back To Top

December 18, 2024

‘दिगो विकास लक्ष्यमा उल्लेखनीय प्रगति’

Global Ime Bank AD
Insourance

काठमाडौं‌

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास लक्ष्यहरु प्राप्तिका लागि तयार पारिएका कार्ययोजना कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको गरेको बताएका छन् ।

थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले सीमित स्रोतहरू हुँदाहुँदै पनि सामूहिक प्रयासका कारण विश्वव्यापी रुपमा नै दिगो विकास लक्ष्य प्राप्तिका लागि अदिस अबाबा एजेन्डा कार्यान्वयनमा महत्वपूर्ण प्रगति भएको बताएका हुन् ।

अल्पविकसित र विकासोन्मुख देशहरूमा वित्तीय अन्तर विकास गतिको निरन्तरताका लागि महत्वपूर्ण मुद्दा भएको धारणा व्यक्त गर्दै अर्थमन्त्री पौडेलले बजेट योजना, स्रोत विनियोजनमा कुशलता, प्रभावकारी परियोजना कार्यान्वयन क्षमता विकास र दिगो खर्च व्यवस्थापन बढ्दो चुनौतीका रुपमा रहेको पनि उल्लेख गरेको उनको सचिवालयले जारी गरेको विज्ञप्त्मिा उल्लेख छ ।

अधिकांश अल्पविकसित र विकासोन्मुख देशहरूले राजस्व परिचालन क्षमतामा सुधार गर्न संघर्ष गरिरहेको बताउँदै अर्थमन्त्री पौडेलले डिजिटल आर्थिक कारोबारका नयाँ मोडालिटीहरूलाई करको दायरामा ल्याउने गरी कर प्रशासनको क्षमतालाई सुदृढ र प्रभावकारी बनाउन आवश्यक रहेको धारणा राखे ।
निश्चित लक्ष्यसहितको स्पष्ट आन्तरिक राजस्व परिचालन रणनीति तर्जुमा गरी प्रभावकारी कार्यान्वयनको आवश्यकता रहेको उनको भनाइ छ ।

हाल विश्व्यापीरुपमा देखा परेका आर्थिक तथा सामाजिक अनिश्चितता, भूराजनीतिक समस्या, सार्वजनिक ऋणको बढ्दो भार र आर्थिक असमानतालाई सामुहिक प्रयासबाट समाधान गर्नुपर्ने अर्थमन्त्री पौडेलले बताए ।
अर्थतन्त्रमा निजी क्षेत्रको लगानीलाई सदैव प्रोत्साहित गरिनुपर्नेमा जोड दिँदै उनले सक्षम नियामकीय संयन्त्र, प्रभावकारी सार्वजनिक सेवा प्रवाह एवम् अनुकूल व्यावसायीक वातावरणको अभावमा धेरैजसो अल्पविकसित देशहरूले अपेक्षित मात्रामा वैदेशिक लगानी आप्रवाह विस्तार गर्न नसकेको पनि औंल्याए ।

कम विकसित र विकासोन्मुख देशहरूका लागि सार्वजनिक ऋण व्यवस्थापन अर्काे महत्वपूर्ण मुद्दाका रुपमा रहेको उनले बताए । साथै आगामी दिनमा उत्पादनशील एवम् प्रतिफलयुक्त क्षेत्रमा मात्रै सार्वजनिक ऋण उपयोग गर्नुपर्ने धारणा पनि राखे ।

जलवायु परिवर्तनको प्रभावले नेपाल जस्ता हिमाली भूभाग भएका देशमा बढी जोखिमयुक्त देखिएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले जलवायु वित्तका लागि स्थापित कोषहरुको परिचालन जोखिमको विश्लेषणका आधारमा न्यायोचित रुपमा हुनुपर्ने बताए ।

United long banner ad
Prev Post

प्रसारणलाइन निर्माणमा पहिलो पटक निजी क्षेत्र सहभागी

Next Post

एनएमबि बैंक र यूएसएडको डिजिटल वित्तीय साक्षरता

post-bars

Leave a Comment