Back To Top

December 10, 2024

बीमा प्राधिकरणका अध्यक्ष सिलवाल विरुद्ध मुद्दा दायर

Global Ime Bank AD
Insourance

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

अध्यक्ष सिलवालले नागरिकतामा पटक–पटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको उजुरीमाथि छानबीन गर्दा दोषी पाइएपछि मुद्दा दायर गरिएको हो ।

मुद्दा दायर भएसँगै सिलवाल स्वतः पदमुक्त भएका छन् ।

अख्तियारले वास्तविक जन्ममिति भन्दा करिव ३ वर्ष उमेर घटाएर उक्त राष्ट्रसेवकको हैसियतले प्राप्त हुने कुटनीतिक राहदानी र विशेष राहदानी प्राप्त गर्न झुट्टा विवरण पेश गरी प्राप्त गरी गराई राष्ट्रसेवकको रुपमा उक्त राहदानीहरु प्रयोग प्रचलनमा ल्याई लाभ, सुविधा प्राप्त गरेको अभियोगपत्रमा उल्लेख गरेको छ ।

बिमा प्राधिकरणको अध्यक्षको रुपमा नियुक्ति पाउन सिलवालले आफ्नो जन्म मिति २०१५–०४–१५ गते हो भन्ने कुराको प्रष्ट थाहा जानकारी हुँदा हुँदै नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतमा आफ्नो जन्म मिति २०१६–०७–२२ को जन्म मिति हो भनी पछिबाट लिएको नागरिकताको प्रमाणपत्र पेश गरेको अख्तियारले जनाएको छ ।

उमेर ढाँटी तथा झुट्टा विवरणको वैयक्तिक विवरण पेश गरी, नेपाल बिमा प्राधिकरणको अध्यक्षको ओहदामा हालसम्म पनि बहाल रहिनै रहेको,

प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुनु पर्नेमा सम्वत् २०८० साल साउन १६ गतेवाट ६६ औं वर्षमा प्रवेश गर्दासमेत पदमा बहाल नै रहीरहेको भन्दै उनीमाथि मुद्दा हालिएको हो ।

उनीमाथि मिति २०८०–०४–१५ गते देखि हाल सम्म लिएको लाभ सुविधा रकम ३६ लाख ६२ हजार १५४ रूपैयाँ सोह्र पैसा मात्र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख। र कसूरजन्य सम्पत्ति तथा साधन ९रोक्का, नियन्त्रण र जफत० ऐन, २०७० को दफा ११ बमोजिम जफत /असुल उपर हुन मागदावी लिई अख्तियारले सोमबार विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको छ ।

 

United long banner ad
Prev Post

नेपालमा अमेरिकी सहायता बढाउँछौः लु

Next Post

संखुवाखोला जलविद्युतमा जुट्यो लगानी

post-bars

Leave a Comment