Back To Top

November 17, 2024

११९ मेगावाट विद्युत् उत्पादनको लाइसेन्स जारी

Global Ime Bank AD
Insourance

काठमाडौंः
विद्युत् विकास विभागले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बायु ऊर्जा सहित १० आयोजनाको सर्वेक्षण लाईसेन्स जारी गरेको छ ।

विभागले यो अवधिमा १० मेगावाटको वायु ऊर्जा आयोजनाको पनि अनुमति दिएको छ । जुन नेपालका लागि पहिलो र ठूलो समेत हुनेछ ।

विभागकाअनुसार जलविद्युत तर्फ सातवटा आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्रदान गरेको छ । ती आयोजनाको कुल क्षमता ६९.२ मेगावाट रहेको छ । सौर्य ऊर्जातर्फ दुईवटा आयोजनाको कुल ४० मेगावाट जडित क्षमता छ ।

विद्युत्् उत्पादन तर्पm यो अवधिमा २१० मेगावाट क्षमताको चैनपुर सेती जलविद्युत् आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र जारी गरिको छ । अन्य १२ वटा आयोजनालाई पनि उत्पादन अनुमतिपत्र प्रदान गरिएको छ । ती आयोजनाको क्षमता ३५३.२ मेगावाट छ ।

सौर्य ऊर्जातर्फ दुई आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको र तिनको कुल क्षमता १७ दशमलव तीन मेगावाट रहेको जनाइएको छ ।

यसबीचमा विभागले तीन सय ७० दशमलव पाँच मेगावाट क्षमता बराबरका कुल १४ वटा आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र जारी गरेको छ ।

United long banner ad
Prev Post

नबिललाई आठौँ पटक उत्कृष्ट करदाता बैंकको सम्मान

Next Post

क्रसर व्यवसायी महासंघको अध्यक्षमा न्यौपाने

post-bars

Leave a Comment