Back To Top

March 19, 2025

चमेलियाको ठेकेदारलाई रकम नदिन सर्वोच्चको आदेश

Global Ime Bank AD
Insourance

काठमाडौं
सर्वोच्च अदालतले चमेलिया जलविद्युत् आयोजनाको चिनियाँ ठेकेदार कम्पनी सीजीजीसीलाई ८६ करोड रुपैयाँ भुक्तानी नदिन अन्तरिम आदेश जारी गरेको छ । नेपाल विद्युत् प्राधिकरणले मध्यस्त न्यायधिकरण, काठमाडौ जिल्ला अदालत र उच्च अदालत पाटनले गरेको पैmसला विरुद्ध सर्बोच्च अदालतमा रिट दायर गरेको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले मध्यस्थ न्यायाधीकरण, उच्च अदालत पाटन र काठमाडौं जिल्ला अदालतको फैसला कार्यान्वयन नगर्न÷नगराउन उक्त अन्तरिम आदेश जारी गरेको हो ।

३९ मेगावाट क्षमताको सो आयोजनाको निर्माण ठेकेदार सीजीजीसीले चमेलिया जलविद्युत् आयोजनासँग अर्बौ रुपैयाँको दाबी गरेको थियो । उसको दाबीउपर मध्यस्थ न्यायाधीकरणले गत १७ सेप्टेम्बर २०२३ मा ८६ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने ठहर गरेको थियो । मध्यस्थ न्यायाधीकरणको यस्तो निर्णयविरुद्ध नेपाल विद्युत् प्राधिकरण उच्च अदालत पाटन गएको थियो ।

उक्त अदालतले पनि मध्यस्थ न्यायाधीकरणको निर्णयलाई सदर गरिदिएको थियो । यसबीचमा प्राधिकरणले भुक्तानी नदिएपछि ठेकेदार कम्पनी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत गएको थियो ।  काठमाडौं जिल्ला अदालतले उच्च अदालतको फैसला कार्यान्वयन गर्न प्राधिकरणलाई आदेश दिएको थियो ।

उक्त आदेशविरुद्ध विद्युत् प्राधिकरणले सर्वोच्चमा निवेदन दिएको थियो । सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै विपक्षीहरुलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि आदेश गरेको छ ।

United long banner ad
Prev Post

सुनको भाउ आज हाल सम्मको उच्च

Next Post

नेपाल विकासशील राष्ट्र हुँदाका तयारी सुरु

post-bars

Leave a Comment