म्यानमारका भूकम्प पीडितलाई नेपाली उद्यमीको राहत

काठमाडौं
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उध्येाग परिसंघले म्यानमारका भूकम्प पीडितलाई राहत सामग्री हस्तान्तरण गरेका छन् ।
महासंघ विपद् व्यवस्थापन समिति सभापति भक्त हमालले गृह मन्त्रालयका प्रतिनिधि मार्फत राहत सामग्री हस्तान्तरण गर्नुुभएको हो । राहत स्वरूप चामल, मसुरो दाल, भाडाँकुडा सेट, लामखुट्टको झुल, ब्लड ब्याग,ब्लड ट्रान्सफ्युजन सेट, ब्यान्डेज, इलास्टिक एडजस्टेबल ब्यान्ड तथा पेपर टेप लगायत सामग्री प्रदान गरेको महासंघले जनाएको छ ।
महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले सामाजिक उत्तरदायित्व अन्तर्गत महासंघले देशभित्र र बाहिर हुने प्राकृतिक विपत्तिका घटनामा राहत सामग्री वितरण गर्दै आइरहेकामा पछिल्लो पटक म्यानमारका लागि यो सामग्री हस्तान्तरण गरिएको जानकारी दिए ।
चैत १५ गते गएको ७.७ म्याग्निच्युडको विनाशकारी भूकम्पले म्यानमारमा ठूलो क्षति पु¥याएको छ । त्यसलगत्तै २१ चैतमा परराष्ट्र मन्त्रालयमा बसेको बैठक अनुसार म्यानमारमा भूकम्प पीडितका लागि राहत पठाउने निर्णय भएको थियो ।
सोही अनुसार राहत सामग्री हस्तान्तरण गरिएको महासंघले जनाएको छ । महासंघले भुुकम्प, बाढीपहिरो लगायतका प्राकृतिक विपत्तीमा स्वदेशसँगै विदेशमा समेत सहयोग गदै आएको छ ।
यसैबीच नेपाल उद्योग परिसंघले पनि म्यानमारका भूकम्प प्रभावितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बुधबार सहयोग सामग्री हस्तान्तरण गरेको परिसंघ सचिवालयले जनाएको छ । परिसंघले दाल चिउरा चामल चाउचाउ विस्कुटलगायत सामग्री हस्तान्तरण गरिएको हो ।
महासंघ विपद् व्यवस्थापन समिति सभापति भक्त हमालले गृह मन्त्रालयका प्रतिनिधि मार्फत राहत सामग्री हस्तान्तरण गर्नुुभएको हो । राहत स्वरूप चामल, मसुरो दाल, भाडाँकुडा सेट, लामखुट्टको झुल, ब्लड ब्याग,ब्लड ट्रान्सफ्युजन सेट, ब्यान्डेज, इलास्टिक एडजस्टेबल ब्यान्ड तथा पेपर टेप लगायत सामग्री प्रदान गरेको महासंघले जनाएको छ ।
महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले सामाजिक उत्तरदायित्व अन्तर्गत महासंघले देशभित्र र बाहिर हुने प्राकृतिक विपत्तिका घटनामा राहत सामग्री वितरण गर्दै आइरहेकामा पछिल्लो पटक म्यानमारका लागि यो सामग्री हस्तान्तरण गरिएको जानकारी दिए ।
चैत १५ गते गएको ७.७ म्याग्निच्युडको विनाशकारी भूकम्पले म्यानमारमा ठूलो क्षति पु¥याएको छ । त्यसलगत्तै २१ चैतमा परराष्ट्र मन्त्रालयमा बसेको बैठक अनुसार म्यानमारमा भूकम्प पीडितका लागि राहत पठाउने निर्णय भएको थियो । सोही अनुसार राहत सामग्री हस्तान्तरण गरिएको महासंघले जनाएको छ । महासंघले भूकम्प , बाढीपहिरो लगायतका प्राकृतिक विपत्तीमा स्वदेशसँगै विदेशमा समेत सहयोग गदै आएको छ ।
नेपाल उद्योग परिसंघले पनि म्यानमारका भूकम्प प्रभावितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ ।
परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बुधबार सहयोग सामग्री हस्तान्तरण गरेको परिसंघ सचिवालयले जनाएको छ । परिसंघले दाल चिउरा चामल चाउचाउ विस्कुटलगायत सामग्री हस्तान्तरण गरिएको हो ।