Back To Top

January 8, 2025

सुनकोसी-मरिणकेा बाँध निर्माणमा ठेकेदारकेा लापरवाही

Global Ime Bank

सिन्धुली ।राष्ट्रिय गौरवको सुनकोसी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुनकोसी नदीमा बाँध निर्माण कार्यमा ठेकेदारकेा ढिला सुस्ति गरेपछि आयेाजना व्यवस्थापन ठेक्का तेाड्ने निश्कर्षमा पुगेकेा छ ।

पटेल–रमण जेभीले सुनकोसी नदीमा बाँध निर्माण कार्य चार वर्ष सात महिनामा सक्नेगरी २०७९ साल माघमा सम्झौता गरी काम अघि बढाएको भएपनि अहिलेसम्म करिब सात प्रतिशत मात्रै प्रगती भएकोछ ।  यो अवधिमा बाँध निर्माणको प्रगती ३० प्रतिशतभन्दा माथि नै हुनु पर्नेथ्यो ।

आयोजना प्रमुख बद्रि कार्कीले बाँध निर्माणका लागि जेभीमा दुई वटा निर्माण कम्पनीले सम्झौता गरेको भए पनि रमण कन्ट्रक्सनले मात्रै गर्दै आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हालसम्मको बाँध निर्माणको स्थायी संरचना कार्य प्रगति निकै सुस्त छ । हालसम्म जति समय बित्यो, त्यती नै कार्य प्रगती हुनु पर्नेमा सात प्रतिशत मात्रै पूरा भएको छ ।”

पटेल–रमण जेभीसँग छलफल गरी रमणले काम गर्न सक्दैन भन्ने निष्कर्षमा पुगी सकेकेा आयोजना प्रमुख बद्र्ी कार्कीले बताए । उनले भने  “अब ठेक्का तोडेर कारबाहीमा जानु पर्छ भन्ने निष्कर्षमा हामी पुगी सक्यौँ । ठेक्का तोड्न पनि प्रक्रिया हुन्छ ।”

आयोजनाका अनुसार सुनकासी नदीमा बाँध निर्माणको स्थायी संरचनाको काम अहिलेसम्म सुरु भएको छैन ।

पटेल–रमण जेभीले बाध निर्माणका लागि १४ अर्ब सात करोड ५९ लाख रुपैयामा ठेक्का सम्झौता गरेको छ । सुनकोसी नदीमा करिब ३० मिटर आग्लो र एक सय ५८ मिटर लामो बाँध निर्माण भएपछि १३ दशमलव तीन किलो मिटर लम्बाईको सुरुङमार्फत् कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसालिने छ । त्यहाँ ६६ दशमलब २९ मिटर हेटडबाट पानी झारेर ३१ दशमलब ०७ मेघावाट विद्युत् उत्पादन गरिने छ ।

Prev Post

सिमान्तकृत महिलालाई विन्डपावरकेा अक्वाफेानिक्स तालिम

Next Post

आर्थिक सुधार सुझाव आयोगले बुझायेा अन्तरिम प्रतिवेदन

post-bars

Leave a Comment