Back To Top

June 18, 2025

आशा गरेको आधापनि आउँदैन अनुदान

Global Ime Bank AD

काठमाडौँ ।

सरकारी खर्चको एक आधार बैदेशिक अनुदान प्राप्त हुने क्रम निरन्तर घट्दै गएको छ । व्याज तथा किस्ता केहि पनि फिर्ता गर्नु नपर्ने भएकाले सरकारले अनुदान बढी आषा राख्दा उपलब्धी भने आधा पनि नभएको देखिन्छ ।

अर्थ मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्ला पाँच वर्षमा नेपालले लक्ष्यको आधा पनि अनुदान प्राप्त गरेको छैन । सबैभन्दा धेरै आव २०७९र/८० मा २१ अर्ब २९ करोड रुपैयाँ अनुदान आएको छ । यो लक्ष्यको ३८.४ प्रतिशत हो । सो वर्ष नेपालले ५५ अर्ब ४५ करोड रुपैयाँ अनुदान पाउने लक्ष्य राखेको थियो ।

अनुदान प्राप्त गर्ने प्रवृत्र् िगत आव २०८०र८१ मा अत्यन्त खुम्चिएको छ । अर्थ मन्त्रालयका अनुसार गत आवमा नेपालले केवल दुई अर्ब ७५ करोड रुपैयाँ मात्र अनुदान प्राप्त गरेको छ । जबकि गत आवमा अनुदानबाट करिब ५0 अर्ब रुपैयाँ प्राप्त हुने सरकारको लक्ष्य थियो ।

अनुदान घट्दा पनि सरकारले त्यसको लक्ष्य भने घटाएको छैन । चालु आवमा सरकारले ५२ अर्ब ३२ करोड रुपैयाँ अनुदान प्राप्त हुने लक्ष्य राखेको छ । यद्यपि गत आवको तुलनामा भने चालु आवमा अनुदान प्राप्ति हुने अवस्थामा उल्लेख्य सुधार आएको छ । मन्त्रालयका अनुसार चालु आवको ११ महिना अर्थात् जेठसम्म १७ अर्ब १७ करोड रुपैयाँ अनुदान प्राप्त भएको छ ।

दाता मुलुक आफैँ वित्तीय रूपमा चापमा परेको र विश्वव्यापी रूपमै अनुदान कटौती गर्ने नीति अख्तियार हुँदा त्यसको असर नेपालले प्राप्त गर्ने अनुदानमा पनि देखिएको बताउनुहुन्छ, अर्थ मन्त्रालयका पूर्व सहसचिव बाबुराम सुवेदी । विगतमा बजेट मसौदा लेखन समितिमा पनि जिम्मेवारी निर्वाह गर्नुभएका सुवेदीका अनुसार दातृ राष्ट्रहरूले विगतमा गरेका प्रतिबद्धता पूरा नहुँदा पनि अनुदान लक्ष्य अनुसार प्राप्त हुँदैन ।

Global Ime Bank
Prev Post

बजेटमा स्वार्थ समूहको प्रभाव छ: वर्षमान पुन

Next Post

वायु प्रदूषणले साढे ३ वर्ष घटायो नेपालीको आयु

post-bars

Leave a Comment