Back To Top

July 2, 2025

साढे तीन सय जनालाई दिइयो स्टार्टअप कर्जा

Global Ime Bank AD
Insourance

काठमाडौँ ।

साढे तीन सय उद्यमीलाई २४ करोड स्टार्टअप उद्यम कर्जा वितरण गरिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ का लागि स्टार्टअप उद्यम कर्जाका लागि छनोट भएका ६६१ मध्ये सोमबारसम्म ३५३ जना उद्यमीले २४ करोड १३ लाख ६० हजार रुपैयाँ लिएको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले असारभित्र छनोट भएका सबै उद्यमीलाई कर्जा प्रवाह गरिसक्ने जनाएको छ । तीन प्रतिशत ब्याजमा २५ लाख रुपैयाँ सम्म कर्जा वितरण गरिएको छ ।

छनोटमा परेका उद्यमीलाई न्यूनतम पाँच लाखदेखि २५ लाख रुपैयाँ सम्म कर्जा वितरण गरिएको छ । सिफारिसमा परेका उद्यमीलाई सम्बन्धित जिल्लामा रहेका राष्ट्रिय वाणिज्य बैङ्कमार्फत तीन किस्तामा कर्जा वितरण गरिएको समितिले जनाएको छ ।

बैङ्कले कर्जा प्रवाह गर्न बढीमा पाँच लाख रुपैयाँसम्मको कर्जाको हकमा एक किस्ता, १५ लाख रुपियाँसम्मको दोस्रो किस्ता र त्यसभन्दा माथिको हकमा तेस्रो किस्ता कर्जा वितरण गर्ने स्टार्टअप उद्यम कार्यविधिमा उल्लेख छ । चालु आवको बजेटमा स्टार्टअप कर्जा प्रवाहका लागि एक अर्ब रुपैयाँ विनियोजन गरिएको छ । स्टार्टअप उद्यम कर्जा प्राप्त गर्ने उद्योगमा कृषि तथा पशुपन्छी, सूचना प्रविधि, पर्यटन, फर्निचर, लघु उद्योग, निर्माण सामग्री, वर्कसप, गार्मेन्ट तथा ह्यान्डी क्राफ्ट उद्योग, फेब्रिकेसन, मेटल तथा ग्लास, क्याफे तथा रेस्टुराँ, स्पोर्टस तथा सङ्गीत, होस्टेल, खाद्य प्रशोधन रहेका छन् ।

गत आवमा प्रतिष्ठानले १६५ उद्यमीलाई २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । सरकारले नवीनतम उद्यमीलाई सहुलियतपूर्ण कर्जा प्रवाहमा सहभागी गराउने उद्देश्यले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि कार्यान्वयमा ल्याएको छ । कार्यविधिले नवीनतम ज्ञान, सोच, सिप र क्षमता भएको उद्यमीलाई समावेश गरेको छ ।  आगामी आव २०८२/८२ को बजेटमार्फत स्टार्टअप उद्यम कर्जा वितरणका लागि ७३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

United long banner ad
Prev Post

अधिकांश भागमा आज वर्षाको सम्भावना

Next Post

पाँच जलविद्युतसँग ग्रीड कनेक्सन सम्झौता

post-bars

Leave a Comment