Back To Top

December 14, 2024

दक्षिण एसियाको व्यापार नीतिमा परिवर्तन आवश्यकः ढकाल

Global Ime Bank AD
Insourance

काठमाडौँ
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एसियाले आफ्नो व्यापार नीति पुनर्विचार गर्न आवश्यक रहेको बताएका छन् । यसले कमजोर क्षेत्रहरूको संरक्षण गर्दै हरित र समावेशी विकासलाई प्रोत्साहन गने उनको भनाइ छ ।

राजधानीमा शुक्रबार सम्पन्न १५ औँ दक्षिण एसियाली आर्थिक शिखर सम्मेलनको समापन समारोहमा बोल्दै ढकालले दक्षिण एसिया संसारकै तीव्र आर्थिक वृद्धिका क्षेत्रमध्ये एक भए पनि व्यापार र लगानी प्रवाहका हिसाबले सबैभन्दा कम जोडिएको क्षेत्र रहेको उल्लेख गरे ।

उनले क्षेत्रीय आर्थिक एकीकरणका लागि पछिल्लो दशकमा ठोस प्रगति नभएको जानकारी गराउँदै यस क्षेत्रमा घरेलु उद्योगमा दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) अन्तर्गतको न्यून भन्सार महसुलले महत्वपूर्ण दबाब सिर्जना गरेको औँल्याए ।

विशेष गरी नेपाल जस्ता साना अर्थतन्त्रहरूको स्थानीय उद्योगहरूको संरक्षण र प्रवर्धन गर्न गाह्रो परेको र छिमेकी देशका स्थापित क्षेत्रहरूसँग प्रतिस्पर्धा गर्नु परेको ढकालको भनाइ छ । ढकालले साफ्टाले दक्षिण एसियाली क्षेत्रभित्र व्यापार र लगानी प्रवर्धन गर्न सहयोग गर्नुपर्नेमा जोड दिँदै नेपालको जलविद्युत् जस्ता नवीकरणीय ऊर्जा क्षेत्रमा रहेको विशाल सम्भावनालाई उजागर गरी साझा ऊर्जा ग्रिडले सबै देशलाई स्वच्छ ऊर्जा स्रोतमा पहुँच प्रदान गर्न र जीवाश्म इन्धनमा निर्भरता कम गर्न सहयोग गर्न सक्ने बताए ।

अध्यक्ष ढकालले दक्षिण एसियाली क्षेत्रले जलवायु परिवर्तनको असर भोग्नुपरे पनि अनुकूलन र न्यूनीकरणका लागि स्रोत सीमित रहेको उल्लेख गरे । जलवायु योजना कार्यान्वयनका लागि २०३० सम्म वार्षिक दुई सय अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान रहेको जानकारी गराउँदै उहाँले स्रोत परिचालनमा रहेको अन्तर कम गर्न क्षेत्रीय सहकार्य र अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको र यसले न्यायसङ्गत हरित परिवर्तनलाई प्राप्त गर्न सहयोग पु¥याउने बताए ।

United long banner ad
Prev Post

नयाँ बुटवल-बर्दघाट २२० केभी प्रसारण लाइन तयार

Next Post

हरित विकासका लागि नेपाललाई विश्व बैङ्कको १० करोड डलर

post-bars

Leave a Comment