Back To Top

November 12, 2025

सोनापुर मिनरलले तिर्यो बक्यौताको किस्ता

Global Ime Bank AD
Insourance

दाङ ।

दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयाल प्रा.लि.ले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम मंगलबार तिरेको छ । पहिलो किस्ता तिरेपछि गत ७ कात्तिकमा विच्छेद गरिएको सोनापुर मिनरलको विद्युत लाइन मंगलबार साँझ जडान गरिएको छ ।

सोनापुर मिनरलले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो । सोनापुर मिनरलको २४ करोड २९ लाख ९९ हजार रुपैयाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरीे सोनापुर मिनरले ८६ लाख ३० हजार रुपैयाँ पहिलो किस्ता बुझाएको हो ।

United long banner ad
Prev Post

कुलमानको हस्तक्षेपपछि सुल्झियो मेलम्ची बिवाद

Next Post

अर्घाखाँची सिमेन्टले पाएन अन्तरिम आदेश

post-bars

Leave a Comment