वैशाख पाँचदेखि फेसबुक बन्द गर्ने चेतावनी

काठमाडौँ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको भनाई अनुसार अबको पाँचौ दिनमा सरकारले फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्नेछ । बैशाख ५ गतेभित्र नेपाल सरकारको निती नियम अनुसार दर्ता हुन नआए समाजिक सञ्जाल प्लेटफर्म हरु बन्द गरिने उनको भनाई छ ।
मन्त्रीको भनाई अनुसार बन्द गर्ने आवश्यक तयारी समेत भइहेको छ । गतसाता रुपन्देहीमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आठौं महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।
सामाजिक सञ्जाल प्लेटफर्मको नियमन अहिले अत्यावश्यक भएको बताउँदै उनले दर्ता नभएका प्लेटफर्महरूको दुरुपायोग बढ्दै जाँदा ा समाजमा हत्या, हिंसा, ठगी, लुटपाट र अनियमितता बढेको तर्क गरे । उनले यस्ता गतिविधि नियन्त्रण गर्न दर्ता अनिवार्य गरिएको बताए ।
सरकारले २०८० सालमै ल्याएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका अनुसार सामाजिक सञ्जालहरू नेपालमा अनिवार्य दर्ता हुनुपर्छ । गत चैत ७ गते तेस्रो पटक सूचना जारी गर्दै सरकारले ३० दिनभित्र दर्ता हुन निर्देशन दिएको थियो । सोही निर्देशनको अन्तिम दिन वैशाख पाँच गते रहेको छ ।
हालसम्म नेपालमा टिकटक, भाइबर, एसएआरएल र सारांश मिडिया ल्याब मात्र दर्ता भएका छन् भने फेसबुक, इन्स्टाग्राम, युट्युब जस्ता ठुला प्लेटफर्महरू अझै दर्ता हुन आएका छैनन् ।