Back To Top

Air
December 28, 2024

सुदूरपश्चिम र कर्णालीमा हिमपात

Global Ime Bank

काठमाडौं  : हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

हाल सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपात पनि भइरहेको छ।
Prev Post

बिजुलीकली बनिन् हात्ती सुन्दरी

Next Post

तनहुँ जलविद्युतले दियो ९७ परिवारलाई क्षतिपूर्ति

post-bars

Leave a Comment