Back To Top

October 26, 2024

हिउँ खोज्दै हिमालको शिखरतिर हिमचितुवा

Global Ime Bank

काठमाडौः
हिमालमा हिउँको स्वरुप र हिमपातको प्रवृति परिवर्तन हुँदै जाँदा हिमचितुवाको बासस्थान पनि उच्च भाग तिर सर्दै गएको पाइएको छ ।

जलवायु परिवर्तनका कारण तल्लो क्षेत्रमा हिउँमा परिमाण घट्न थालेपछि हिउँमा रमाउने हिम चितुवा हिउँ खोज्दै हिमाल चढ्न थालेको पाइएको हो ।

राष्ट्रिय निकुञ्ज तथा बन्य जन्तु विभागले हालै कञ्जनजँघा क्षेत्रम गरेको हिमचितुवाको अध्ययनले हिमचितुवाले आप्mनो रहन सहनको क्षेत्र बदल्दै माथिल्लो क्षेत्र तर्फ जान थालेको पाइएको हो ।

यस्तो परिवर्तनले उनीहरुलाई आहारा पाउन भने मुस्किल पर्ने देखिएको छ । अध्ययनले कञ्जनजँघा क्षेत्रमा २४ वटा सम्म हिमचितुवा रहेको अनुमान छ । हिमचितुवाले चौरी चराचुरुड्गी भेडा च्याङ्ग्रा जस्ता जीवको शिकार गर्छ । चितुवा भए पनि लजालु प्रकृतिको हुने भएकाले हिमचितुवाले मानवलाई अक्रमण भने गरिहाल्दैन ।

नेपालमा हिउँचितुवाको वैज्ञानिक अध्ययन हुन नसक्दा संरक्षणमा कठिनाइ छ । हिमालको भौगोलिक अवस्था कठिन हुने भएकाले बाघ र गैँडा गणना गरे जस्तो हिउँचितुवा गन्न सकिँदैन । उच्च हिमाली भेगमा प्रविधि र मानव स्रोतसाधन पुर्‍याउनै कठिन हुने  कारण सबै खालका तथ्य सङ्कलन गर्न सकिँदैन ।

नेपालमा ३५० देखि चार सय वटा हिउँचितुवा रहेको अनुमान छ । तर दशकौ देखि यसको गढना हुन सकेको छैन । त्यहाँ अनुमानित नौ देखि २४ वटा हाराहारीमा हिउँचितुवा छन भने डोल्पामा ३० वटा रहेको हुन सक्ने आक्लन छ ।
हुम्ला, गौरीशङ्कर क्षेत्रमा पनि हिमचितुवा बारे अध्ययन जारी रहेको विभागले जनाएकोछ ।

सबै सर्वेक्षणको आँकडा एकिकृत गरेर नेपालमा हिमचितुवाको वास्तविक अवस्था चित्रित गर्ने विभागको भनाइ छ ।
नेपालका उच्च हिमाली भेगको संरक्षित क्षेत्रमा ४० प्रतिशत र बाह्य भेगमा ६० प्रतिशत वासस्थान छ । हिउँचितुवा संरक्षणमा नेपालमा कानुनी कडाइ नभएको टिप्पणी हुँदै आएको छ ।

लोपोन्मुख सूचिमा पर्ने हिमचितुवा नेपालको हिमाली भेगमा हिउँचितुवाको धर्म संस्कृतिसँग प्रगाढ नाता छ । सगरमाथामा हिउँचितुवालाई हिमालको भगवान्को प्रतीकका रूपमा स्थानीयले पूजाअर्चना गर्छन् ।
विभागले हिउँचितुवा संरक्षणको १० बर्से कार्ययोजना बनाएर काम थालेको छ ।

जसमा वैज्ञानिक अध्ययन गर्ने, राहतमैत्री संरक्षणसँगै समुदायलाई संरक्षणको स्वामित्व दिने गरी संरक्षण थालिएको जनाएको छ । सगरमाथा, डोल्पा, कञ्चनजङ्घालगायतका क्षेत्रमा स्थानीय उपभोक्ता समितिमार्फत संरक्षणको एकीकृत अभियान सुरु भएको विभागले जनाएको छ ।

 

Prev Post

दुई उद्योगले तिरे महशुल, जोडियो बिजुली

Next Post

विदेशको ज्ञान, सीप र पुँजी नेपाल भित्राउन आग्रह

post-bars

Leave a Comment