Back To Top

January 24, 2026

हुम्ला, जुम्ला र मुस्ताङमा हिमपात

Global Ime Bank AD
Insourance

काठमाडौं । हुम्ला, जुम्ला र मुस्ताङ जिल्लाका विभिन्न स्थानमा हिमपात भएको भएको छ ।

हुम्लाको सदरमुकाम सिमकोट क्षेत्रमा भएको हिमपात भएको छ । भदौबाट पानी नपरेको हुम्लामा यस वर्षकै पहिलो पटक हिउँ पर्न थालेपछि किसानहरू खुसी भएका छन् । हिमपातले जनजीवन भने कष्टकर बनेको छ । हिमपात भएसँगै नाम्खा गाउँपालिका र उक्त गाउपालिका हुँदै हिल्सा जाने बाटो पूर्णरुपमा बन्द भएको छ ।

यस्तै मुस्ताङको सदरमुकाम जोमसोम आसपासका हिमपातपछि सेताम्मे भएको छ । मुस्ताङको घरपझोङ गाउँपालिकास्थित ठिनी गाउँ, मार्फा, स्याङ, कागबेनी र मुक्तिनाथ क्षेत्रमा समेत हिउँ परेको छ ।

यस्तै जुम्ला सदरमुकाम खलङ्गा बजारमा पनि हिमपात भएको छ । हिमपात भएसँगै खेती सप्रने भएपछि यहाँका किसान खुसी भएका छन् ।

 

United long banner ad
Prev Post

म राज्यले दिएको जिम्मेवारी पूरा गर्ने मान्छे हुँ: घिसिङ

Next Post

इतिहासमै महँगो डलर, नेपालमा कति ?

post-bars

Leave a Comment